पौडेलको घरमा बम विष्फोट, २ घाइते, शल्यक्रिया हुँदै
प्रकाशित २०७५ जेठ ६ आइतबार
1k
Shares
दमक । झापाको दमक दमक ७ स्थित वडाध्यक्ष भिम पौडेलको घरलाई लक्षित गरी बम विष्फोट गराइएको छ । आइतबार राति गराइएको बम विष्फोटबाट दुई जना घाइते भएको जनाइएको छ । उनीहरु सोमु राई र त्रिलोचन पोखरेलको उपचार भइरहेको छ । दुई जनाको शल्यक्रिया भइरहेको चिकित्सकले बताएका छन् ।
दुवैको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अपराधी खोज्न प्रहरी परिचालन गरिएको जनाएको छ ।