arrow

कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सडक १५ दिनभित्र खाली गर्न निर्देशन

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
chakrapath.jpeg

काठमाडौं । चक्रपथको कलंकीदेखि महाराजगञ्जसम्मको सडक दायाँबायाँका ३१-३१ मिटर खाली गराउनका लागि काठमाडौं चक्रपथ सुधार योजनाले निर्देशन दिएको छ । मंगलबार सूचना जारी गर्दै सडक विभाग वैदेशिक समन्वय महाशाखा अन्तर्गतको सो निकायले सम्बन्धित सबैमा यो निर्देशन जारी गरेको हो ।
 
मंगलबार सार्वजनिक गरिएको सो सूचनामा कलंकीदेखि महाराजगञ्जसम्मको सडक निर्माण, सुधार तथा विस्तारको काम तत्काल हुने भएकोले सडक खाली गराउनुपरेको उल्लेख गरिएको छ । सडकको दायाँबायाँ ३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचनाहरु १५ दिनमा हटाउनका लागि यो निर्देशन दिइएको हो ।
 
यो सूचनालाई अटेर गरी संरचनाहरु नहटाएमा सडक ऐन २०३१ अनुसार उक्त संरचनाहरु भत्काइने र यसरी भत्काउँदा लाग्ने खर्च सम्बन्धित संरचनाधनीबाट असुर उपर गराइने सूचनामा उल्लेख गरिएको छ ।  चीन सरकारको अनुदानको सहयोगमा अहिले चक्रपथ विस्तारको काम चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ