arrow

चुनावको बेला मतदातालाई पानी समेत किन्न लगाउने लालबाबुसँग कहाँबाट आयो ५५ लाख?

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
Lalbabu-Pandit.jpg.jpeg

मोरङ्ग। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सदाचारी मन्त्री भनेर कहलिएका एक मन्त्रीको सम्पति विवरण देखेर धेरैले जिब्रो टोकेका छन्। 

मोरङमा गत बर्ष चुनावमा मतदाता माझ पुग्दा हाल मन्त्री भएका तिनै नेता साइकलमा सवार हुन्थे। आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउने उनले आफूसँगै हिडेका कार्यकर्ताहरुलाई नै खर्चको व्यवस्थापन गर्न लगाउथे। चुनाव प्रचारका क्रममा हिड्दा पानी समेत उनले किनेनन्। पानी समेत अरुले नै किनेर खुवाए। उनीसँग अन्तर्वार्ताका लागि पुगेका कतिपय पत्रकारले समेत उनलाई चिया र पानीको पैसा तिर्न लगाएनन। 

चुनाव जितेर सामान्य प्रशासनमन्त्री बनेका लालबाबु पण्डितको मन्त्री भएको करिव ४ महिनापछि सार्वजनिक भएको सम्पति विवरणमा नगदको मात्रा सुन्दा उनीसँगै चुनावी अभियानमा हिडेकाहरु  अहिले आश्चर्यमा परेका छन्। सादगी नेताको चुनावमा खर्च गर्ने पनि पैसा छैन होला भनेर सहयोग गरेकाहरु अहिले उनको आफ्नो र श्रीमतीको नाममा रहेको ५५ लाख बैंङक व्यालेन्सको कुराले तीन छक्क परेका छन्। हुन त उनले चुनावको बेलामा चढ्दै आएको पुरानो साइकल पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

कार्यकर्ता र मतदाताहरुले नै उनलाई उनको खर्चमा सघाएका थिए। तर उनको आश्चर्य ढंगले बैङक व्यालेन्स देखेर मोरङमा उनलाई मत दिएका मतदाता पनि आश्चर्यमा परेका छन्। उनीहरुको एउटै प्रश्न छ यो रकम चाहिं पण्डिले कहाँबाट जम्मा पारे ? बैङकमा रहेको नगदको स्रोत चाहिं के हो ? सम्पति विवरणमा पण्डितले बैङकमा रहेको नगदको स्रोत खुलाएका छैनन। 

मन्त्री पण्डितसँग एभरेष्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ रहेको उनले आफ्नो सम्पति विवरणमा खुलाएका छन्। उनीसँग नगद बाहेक पनि १० तोला सुन र १५ तोला चाँदी समेत रहेको छ।

सम्पति विवरण सार्वजनिक गर्नेक क्रममा उनले श्रीमतीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा रहेको पनि बताएका छन्। उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए ।

तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन । सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा रहको छ भने उनको नाममा विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे घर समेत छ।

अर्थमन्त्री आफु चाहिँ शेयरमा लगानी गर्ने अरुलाई नगर भन्ने ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ