arrow

सरकारले मदन भण्डारीकै अपमान गर्यो –विश्वप्रकाश शर्मा 

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
bishwa.png

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नेपाली कम्युनिष्टका धरोहर मदन भण्डारीको अपमान गरेको आरोप लगाएका छन् । उनले सरकारले झापाको शान्तिनगरदेखि धरान हुँदै पश्चिमको डडलेधुरासम्म जोडिने सडकमार्गको नामाकरण ‘मदन भण्डारी राजमार्ग’ गरिने भएपछि सरकारप्रति कटाक्ष गरेका हुन् । 

उनले हाम्राकुरासंग भने, ‘झापाको देवीनगर मेरो चुनावी क्षेत्र हो, यहाँबाट डडेडधुरासम्म धेरै बाटाहरु छन् । ती बाटाहरुलाई जोडेर मदन भण्डारीको नाम नामाकरण गर्दा मदन भण्डारीकै अपमान हुने मैले महसुस गरेको छु ।’

कसरी त ? उनले भने, पहिले भएका बाटा जोडेर नाम राख्दैमा मदन भण्डारीको सम्मान हुँदैन, सरकारले मदन भण्डारीको सम्मान गर्न खोजेको भए त नयाँ राजमार्ग बनाउन सक्ने थियो मदन भण्डारीको नाममा ।’

प्रवक्ता शर्माले अहिलेको सरकारले पहिले भइरहेका र योजनामा रहेका कार्यक्रमलाई आफ्नो कार्यक्रम भन्दै अनावश्यक जश लिन खोजेको समेत आरोप लगाएका छन् । 

आइतबार राति राष्ट्रिय गौरबको रुपको महत्वाकांक्षी राजमार्गको नाम भन्दै मन्त्री परिषदले मदन भण्डारीको नाममा सडक निर्माण गर्ने निर्णय गरेको थियो । यो सडक निर्माणले तराईको भित्री मधेसदेखि चुरे भावर क्षेत्रका जिल्लाहरुलाई जोड्ने सरकारले लक्ष्य लिएको छ । 

आगामी आर्थिक वर्षदेखि मदन भण्डारी राजमार्गका विभिन्न भागको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार पार्ने काम पनि सुरु हुने जनाइएको छ । झण्डै १२ सय किलोमिटरको यो सडकमार्ग दुई लेनमा बनाइने सरकारको तयारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ