नेकपाको फाइभ स्टार डिनर, ४ लाखले पेट भर्ने १ सय २५ जना
प्रधानमन्त्री निवासमा केन्द्रीय सदस्यलाई हाई टी : शीर्ष नेता र विदेशी पाहुनलाई प्रतिव्यक्ति २५ सयको डिनर
प्रकाशित २०७५ जेठ १० बिहिबार
1k
Shares
काठमाडौं । एकता हुनुअघिका दुई पार्टीका २ वटा पार्टी मुख्यालय खाली राखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको छ । बैठकमा ४ सय ४१ जना केन्द्रीय सदस्य सहभागी भए । उनीहरुलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका छन् ।
खानपानको व्यवस्था :
नेकपाका शीर्ष नेताहरुलाई बिहिवार दरबारमार्गको अन्नपूर्ण होटलले डिनर ख्वाउँदैछ । बैठकमा ४ सय ४१ केन्द्रीय सदस्य सहभागी भए पनि डिनरका लागि १ सय २५ जनाको लागि मात्रै डिनरको अर्डर गरिएको छ । कारण, केन्द्रीय सदस्यहरुलाई बैठकमा सहभागी हुनुअघि नै हाइ टी (कुकिज चिया लगायतको खाजा) ख्वाएर बैठकमा लगिएको छ । उनीहरु बैठकपछि आ आफ्नै बासस्थान फकिएका छन् ।
बैठकपछि शीर्ष तहका नेताहरु र विदेशी पाहुनाहरु डिनरका लागि अन्नपूर्ण होटल जानेछन् । उनीहरुकै लागि मात्रै भव्य डिनरको व्यवस्था गरिएको हो । १ सय २५ जनाका लागि प्रतिव्यक्ति २५ सय रुपैयाँका दरले खर्च लिइने अन्नपूर्ण होटल श्रोतले जनाएको छ । यो रकममा १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट जोडिने पनि होटल श्रोतले जानकारी दिएको छ । बिहिवार नेकपाको केन्द्रीय समिति बैठक र त्यसपछिको डिनरका लागि ४ लाख रुपैयाँ भन्दा बढी खर्च हुनेछ ।