arrow

सर्वोच्चको आदेश : बालकृष्ण ढुंगेललाई के कारणले माफी दिने ? 

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
balkrishna-dhungel_n.jpg

काठमाडौं । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय काटिरहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी दिन भनेर सरकारले गरेको तयारीबारे कारण देखाउ आदेश गरेको छ । 

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनुपर्ने कारणसहित २४ घन्टाभित्र अदालत उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको हो। शनिबार सार्वजनिक बिदाको दिन भएकाले सर्वोच्चले आइतबार अन्तरिम आदेशको सुनुवाई गर्न भन्दै विपक्षीलाई छलफलमा बोलाएको छ । 

सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएका व्यक्तिलाई गणतन्त्र दिवसको दिन माफी दिनुको कारण लिखित रुपमा पेश गर्न भनेको छ ।

विहिबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्य ज्यान मुद्दामा सर्वोच्चबाट जन्मकैद भई सजाय काटिरहेका ढुंगेललाई गणतन्त्र दिवसको दिन पारेर आममाफी दिन गरिएको सिफारिस बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । उनले अन्तिरिम आदेशको माग समेत गरेका छन् । 

त्रिपाठीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृहमन्त्रालय, कारागार व्यवस्था विभाग लगायतलाई विपक्षी बनाई रिट दर्ता गरेका थिए । सर्वोच्चको कारण देखाउ आदेशपछि उनले हाम्राकुरासँग भने, ‘सर्वोच्चले यसलाई गम्भीरताका साथ ध्यान दिएर आइतबारै विपक्षीलाई झिकाएको छ ।’ अब सरकारले लिखित जवाफ दिनु पर्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ