arrow

लोकतन्त्र रक्षामा प्रेसको भूमिका महत्वपूर्ण

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
press-union-pro.jpg

नेपालगन्ज । लोकतन्त्रको रक्षाका लागि प्रेसको भूमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताले मुलुकको हरेक परिवर्तनमा प्रेसले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै अहिले पनि प्रेसको भुमिका र आवश्यकता महत्वपुर्ण रहेकोमा जोड दिए । 

युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाले लोकतन्त्र रक्षाको लागि अहिले पनि प्रेस शक्तिशाली रहेको बताईन् । 

राणा शासन, पञ्चायत तथा दोस्रो जनआन्दोलन २०६२र६३ लगायत हरेक आन्दोलनमा प्रेसले खेलेको भुमिका अविष्मरणीय रहेको बताईन् । सो क्रममा पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, महासंघ प्रदेश पाँचका महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, प्रेस चौतारीका अध्यक्ष हेमन्त बिक, प्रेस सेन्टरका अध्यक्ष डक्टप्रसाद धिताल लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

सो क्रममा हालै महासंघ प्रदेश नम्बर पाँचको महासचिवमा निर्वाचित भएका बस्नेत र सचिव चौलागाईलाई युनियनका तर्फबाट सम्मान गरिएको थियो, भने प्रेस युनियन बाँकेका सहसचिव विनयराज त्रिपाठीको ममतामयी आमा स्वर्गिय रञ्जना त्रिपाठीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । 

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाबाट लोकतन्त्र र श्रमजिवी पत्रकारको पक्षमा संगठित रुपमा अगाडी बढ्ने अठोट सहित युनियनको स्थापना भएको थियो । 

तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोईरालाका प्रेस सल्लाहकार जयप्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी युनियनको जन्म भएको थियो । 

प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । उक्त संगठनमा देशभर करिव ८ हजार पत्रकार आवद्ध रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ