मन्त्री गोकर्ण बिष्टमाथि गम्भिर आरोप, बलात्कारी आरोपित रायमाझीलाई छुटाउन दवाव
प्रकाशित २०७५ जेठ १४ सोमबार
709
Shares
गुल्मी। बलात्कारको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाउन केन्द्रीय मन्त्रीले स्थानीय प्रहरी अधिकारीलाई दवाव दिएका छन् ।
गुल्मीको मुसीकोट नगरपालिकामा भएको घटनामा दोषी आरोपीलाई छुटाउन गुल्मीबाट सांसदमा निर्वाचित भई मन्त्री भएका व्यक्तिले नै दवाव दिएपछि जिल्कालामा खैलाबेला भएको छ।
मुसीकोट नगरपालिका वडा नं ६ का अन्दाजी तीस बर्षका किसान रायमाझीलाई बलात्कारको अभियोगमा प्रहरीले शनिबार पक्राउ गरेको छ ।
बलात्कारको घटना भएको झण्डै एक महिनापछि पक्राउ गरेका रायमाझीलाई अहिले जिल्ला प्रहरी कार्यालय तम्साघमा राखिएको छ । तर रायमाझीलाई तत्काल विना शर्त छोड्न त्यहाँका प्रहरी अधिकारीलाई केन्द्रीय मन्त्रीले फोन गरेर पटक पटक दवाव दिएका हुन् ।
स्रोतका अनुसार जनता माझ स्वच्छ छवीको परिचय बनाएका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले पटक पटक फोन गरेर दोषीलाई कारबाही नगर्न दवाव दिएका छन् ।
रायमाझीले मुसिकोट गाउपालिका ६ की कुमाल थरकी तेईस बर्षकी एक युवतीलाई बलात्कार गरेको आरोप छ । आफ्नो पसलमा चामल लिन बोलाएर चामल गोदाममा ती युवतीलाई जवरजस्ती बलात्कार गरेको पिडित पक्षको उजुरी छ । आरोपी रायमाझी यसअघि पनि पटक पटक यस्ता घटनाहरुमा संलग्न हुनेगरेको स्थानीयको भनाई छ ।
पटक पटक बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न सहयोग गर्नुको सट्टा उल्टै उन्मुक्ति दिन दवाव दिएको भन्दै स्थानीयबासिन्दा मन्त्री विष्टप्रति रुष्ट भएका छन् ।
मन्त्री बिष्ट भन्छन, 'समाचार आएपछि मात्र जानकारी '
मन्त्री बिष्टको स्वकिय सचिवालयले भने समाचारमा आएको बिषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्री बिष्टलाई उदृत गर्दै सचिवालयले समाचारमा उल्लेख गरिएको घटनाप्रति मन्त्री बिष्ट पूर्णतया अनभिज्ञ रहेको जनाएको छ। समाचार आएपछि मात्रै मन्त्री बिष्टले घटनाको बारेमा जानकारी पाएको मन्त्री बिष्टका स्वकीय अधिकृत रमेश काउछाले हाम्राकुरालाई बताए। यो प्रकरणमा मन्त्री बिष्टलाई जोड्ने कार्य राजनीतिक प्रतिशोध सहित आएको आशंका गर्दै मन्त्री बिष्टको सचिवालयले समाचारका कारण उत्पन्न भएको भ्रममा नपर्न सबैमा आग्रह गरेको छ।