नेकपा अन्डरलाइनका नेता जनार्दन शर्माका नाममा प्यूठानमा पुलिसराज
सीटी पोखरेल,
प्रकाशित २०७५ जेठ १४ सोमबार
654
Shares
प्युठान। नेकपा अन्डरलाइनका नेता जनार्दन शर्माको नाममा प्यूठानमा पुलिसराज चलेको छ। रुकुमबाट प्यूठान आएर बसेका तत्कालिन माओवादी हाल नेकपा अन्डरलाइनका कार्यकर्ताहरुले शर्माका नाममा पुलिसराज चलाएका छन्। उनीहरुको पुलिसराज चलाउन शर्माका भाइ अनिलले सघाएका छन्। अनिलको प्रभावमा प्यूठान प्रहरीले घुँडा टेकेको छ। रुकुमबाट प्यूठान झरेका तत्कालिन माओवादी कार्यकर्ता मदन खड्का सत्ताको प्रभाव देखाउँदै पुलिसराज चलाउन लागिपरेका छन्। उनीहरुको कोपभाजनमा जिल्लाका विद्यार्थी नेताहरु परेका छन्।
मदन खड्काहरुकै दवावमा जिल्लामा विद्यार्थी नेताहरुलाई प्रहरीले ज्यादती गरेको हो। जिल्लामा सञ्चालित १० दिने पत्रकारिता तालिममा हस्तक्षेप गरेको भन्दै नेविसंघ प्युठानका अध्यक्ष र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षहरु खड्काको डिजाइनमा प्हरीले नियन्त्रणमा लिएको छ।
खड्काको नेतृत्वमा रहेको साझा सञ्चार नेपाल नामको संस्थाले आयोजना गरेको पत्रकारिता तालिममा सहभागी बिधार्थीहरुले ठगिएको उजुरी बिधार्थी संगठनमा गरेपछि बिधार्थी संगठनले निशुल्क तालिम आयोजना गरेका थिए। बिधार्थी संगठनले निशुल्क तालिम आयोजना गरि आफुहरुमाथि हस्तक्षेप गरेको भन्दै साझा सञ्चार नेपालका अध्यक्ष मदन खडकाले प्रहरीमा उजुरि गरेपछि प्रहरीले विद्यार्थी नेताहरु पक्राउ परेका हुन्।
पत्रकारिता तालिमको नाममा ठगिएको महसुस गरेका बिधार्थिहरुले संगठनमा उजुरि गरेकाले आफुहरुले निशुल्क तालिम आयोजना गरेको नेविसंघ प्युठानका अध्यक्ष एनपि मगरले बताए। बिधार्थी संगठनहरुले आयोजना गरेको निशुल्क पत्रकारिता तालिमस्थलबाट अध्यक्षद्वय पक्राउ परेका हुन ।
उता साझा सञ्चार प्रालिले पत्रकारिता तालिमको नाममा आफुहरुलाई घाटा पारेको भन्दै जिल्ला प्रशासन र जिल्ला प्रहरीमा उजुरी दर्ता गरेका छन् ।