पाँचथर । पाँचथरकी एक किसोरीलाई गर्भवति बनाउने प्रहरी सहायक निरिक्षकले सफाई पाएका छन् । फाल्गुनन्द गाउँपालिका १ स्थित नवमीडाँडाँ प्रहरी चौकिका इन्चार्ज बल बहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । उनि एक किसोरीलाई ललाई फकाई पटक–पटक करणी गरी गर्भवति बनाएको आरोपमा पक्राउ परेका थिए ।
जिल्ला न्यायाधिश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् । एक बिपन्न परिवारको किसोरीलाई गर्भवति बनाएका ठटालले किसोरीको अभिभावकलाई पैशा दिएर गर्भपतन गराउन खोजिए पछि रहस्य सार्वजनिक भएको थियो ।
फिदिम स्थित औषधी पसलमा उनका बावुले गर्भपतन गराउने औषधी मागेपछि पसल सञ्चालकले सोध–खोज गरेका थिए । यस क्रममा पीडित किसोरीका बावुले छोरीलाई ठटालले बलात्कार गरेको र उनैले गर्भपतन गराउन पठाएको वताएपछि उक्त विषय सार्वजनिक भएको थियो ।