arrow

बालकृष्ण ढुंगेललाई माफी दिने नदिनेबारेको सुनुवाई हेर्दाहेर्दैमा

अदालतले सिफारिसको सक्कल फाईल झिकायो

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
balkrishna-dhungel_n.jpg

काठमाडौं । पूर्व सांसद एवं पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिन मिल्ने वा नमिल्ने विषयको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीश मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाश नम्बर ६ मा भएको सुनुवाई हेर्दाहर्दैमा राखिएको हो । ढु‌ंगेलका वकीलकाे बहस जारी छ । 

कर्तज्य ज्यान मुद्दामा सर्वोच्चबाटै सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेललाई माफी दिन लागेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका थिए । यो निवेदनको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, गोविन्द शर्मा बन्दीले बहस गरे । निवेदकका तर्फबाट सुरेन्द्र भण्डारी, बाबुराम गिरी, अाेम प्रकाश अर्याल र ईन्द्र अर्यालले मंगलबार जवाफ दिने छन् । 

सरकारका तर्फबाट इजलाशमा पदमप्रसाद पाण्डेयले सुरुमा बहस गरे। सरकारी वकिलपछि ढुंगेलका तर्फबाट अधिवक्ता विश्व भण्डारीले बहस गरे। भण्डारीपछि ढुंगेलका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता शतिसप्रसाद खरेल लगायतले वकालतनामा हालेका छन‍् ।

ढु‌ंगेलका तर्फबाट वकीलहरु धेरै राखेर लम्ब्याउन खाेजिए पनि अदालतले कारागारले सिफारिस गरेकाे सक्कल फाईलनै झिकाएपछि अाममाफी अघि बढाउन कठिनाई हुने भएकाे छ । यद्यपि, त्याे प्रस्ताव राष्ट्रपति कार्यालय पुगेकाे छ। सिफारिसकाे सक्कल फाईल झिकाएकाले अदालतकाे फैसला नअाई अब राष्ट्रपतिले अाम माफी दिन नसक्ने रिट निवेदक त्रिपाठीले हाम्राकुरालाई जानकारी दिए । 

सरकारले ढुंगेलसहित करिब ८ सय ५० कैदीलाई गणतन्त्र दिवसको अवसर पारेर कैद माफी दिई छाड्ने तयारी गरेको छ । त्यसका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयमा सूचीसमेत पठाइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ