arrow

बालकृष्ण ढुंगेल रिहा, अदालतको मुद्दा हेर्दाहेर्दैमा

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
BalKrishna-Dhungel.jpg.jpeg

काठमाडौं । द्धन्द्धकालमा उज्जनकुमार श्रेष्ठको हत्याका दोषी बालकृष्ण ढुंगेल जेलबाट रिहा भएका छन् । सर्वोच्च अदालतले कुनै पुनरावलोकन नहुने गरी कर्तव्य ज्यानमुद्धामा दिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ढुंगेललाई माफी गरेकी हुन् । 

४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो।

उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृत गरेपछि डिल्ली बजार कारागारमा रहेका ढुंगेल मंगलबार बिहान ८ः५० को समयमा कारागारबाट मुक्त भएको कारागारका प्रहरी हबल्दार लक्ष्मण मल्लले बताए । 

उनले ढुंगेलसहित २६ जना डिल्लीबजार कारागारबाट रिहा भएको हाम्राकुरालाई बताए । 

गणतन्त्र दिवसका अवसरमा ढुंगेलसहित ८ सय १६ कैदी जेलमुक्त भएका छन् । 

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए । 

ढुंगेलको कैद सजाय माफी हुन लागेको समाचार सार्वजनिक भएपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । सर्वोच्चले सोमवार त्यससम्बन्धी फाइल झिकाउने आदेश दिएकै दिन राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको थियो । 

ढुंगेलको मुद्दा हेर्दाहेर्दैमा छ । मंगलबार पनि सर्वोच्चमा सुनुवाई हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ