arrow

ओलीले भने–‘यसै वर्ष पानी जहाज चल्यो भने छक्क नपर्नू’ 

बजेट हावादारी भन्नेहरु सबैभन्दा हावादारी 

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
KP-oli-naya-news.jpeg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ओलीले यही वर्षदेखि पानी जहाज चले अचम्म नमान्दा हुन्छ भनेका छन् । 

वुधबार नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले मंगलबार सार्वजनिक गरेको बजेटबारे आएका प्रतिक्रियाबारे बोल्दै, ‘यो एउटा मान्छे ट्रेकिङमा हिँडेको होइन, युगान्तकारी काम हो । कोलकाता, बे अफ बंगालबाट केही महिनाभित्रै जलमार्ग जोडिँदैछ’ भने । उनले यसै वर्षभित्र पानी जहाज चल्न सुरु भयो भने अचम्म नमान्दा हुन्छ, छक्क नपर्दा हुन्छ'-पनि भनेका छन. । प्रधानमन्त्री ओलीले आफूहरु मुलुकको कायापलट गर्न लागेको जिकिर पनि गरे । 

उनले आफुहरु गम्भीरताका साथ बजेटलई लागू गरेरै छाड्ने बताउँदै, ‘हामी यो मुलुकको कायापलट गर्छौं । यो जनताले जिताएर पठाएका ‘पल्टन’ समय गुजार्न होइन’, समेत भने । प्रधानमन्त्री ओलीले आउने आर्थिक वर्षको बजेट असाधारण प्रतिबद्धताका साथ आएको बताए । 

बजेट लागू हुँदैन भनि आएका टिप्पणीतर्फ इंकित गर्दै प्रधानमन्त्री ओलीले, ‘बजेटलाई हावादारी भन्नेहरु सबैभन्दा हावादारी हुन्’ भने । उनले बजेट हर कुनै हालतमा कार्यान्वयन भइछाड्ने समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ