arrow

सर्पको टोकाइबाट १६ वर्षीया अमिदाको मृत्यु

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
snake-bite2.jpg

लहान। विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ। कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए।

विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा उपचारको अभावमा मृत्यु भएको वडाध्यक्ष राइनले दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ