arrow

जङ्गली च्याउ खाँदा तीन बिरामी

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
mushroom.jpg.jpeg

विराटनगर । मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।  लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

 तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ