arrow

धार्मिक संस्थालाई सोलार वितरण

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
solar.jpg

बागलुङ। बागलुङ नगरपालिका भित्रका धार्मिक तथा आध्यात्मिक संस्थाहरुलाई सोलार वितरण गरिएको छ। नगरपालिका भित्रका ५२ वटा मन्दिर तथा आध्यात्मिक संस्थालाई सौर्य उर्जा प्रणाली वितरण गरिएको हो।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोग, क्वालीटी नविकरणीय उर्जा प्रालि र बागलुङ  नगरपालिका को समन्वयमा मन्दिरका अध्यक्ष तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ नगरपालिका ७२ वटा संस्थाको सिफारिस गरे पनी यस पटक ५२ वटालाई मात्र प्राप्त भएका कारण उनिहरुलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले बताए। बैकप्पिक उर्जा प्रवद्र्धन केन्द्रको ८० प्रतिशत र बागलुङ नगरपालिकाको २० प्रतिशत लगानीमा सोलार वितरण गरिएको हो।

प्रत्येक मन्दिरका लागि २० एम्पिएरको व्याट्रि, २० वाटको सोलार प्यानल ३ वटा बल्व र आवश्यक पर्ने तार वितरण गरिएको छ। आगामी आर्थिक वर्ष भित्र नगर क्षेत्रका हरेक समुदायमा रहका धार्मिक संस्थालाई सौय उर्जा वितरण गरिने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख जनकराज पौडेलले बताए। बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जिल्लाका अन्य स्थानियतहका विद्यालय, स्वास्थ्य संस्थाहरुमा पनि सोलार वितरण गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ