रामपुर । रामपुर नगरपालिका वडा -७ किसानबारीमा अटो रिक्सा खोल्सामा खसेर दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । रामपुरको विजयपुरबाट बेझाड बजार तर्फ आउदै गर्दा रामपुर ७ किसानबारीको सडकबाट २१ फिट तल अटो खसेपछि अटोका चालक रामपुर ५ का १९ वर्षका मिलन गैरे, रामपुर ६ विजयपुरका १८ वर्षिय पुजा ढुङ्गाना, र रामपुर ६ कै १७ वर्षिय शसि गैरे घाइते भएका हुन् ।
घाइते चालक मिलनको सानिअमराई र अन्य २ जनाको राना मेडिकल हल बेझाडमा सामान्य उपचार पछि अहिले थप उपचारका लागी लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।
लु १ ह ५७० नम्बरको अटो दुर्घटनामा परेको हो । घाइते चालक मिलनको बायाँ खुट्टा, पुजाको नाक निधार र खुट्टा तथा शसिको चिउडोँमा चोट लागेको प्रहरीले बताएको छ ।