जंगली च्याऊ खाँदा पाँचथरमा एकैपरिवारका ३ जना सिकिस्त
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ जेठ १९ शनिबार
545
Shares
पाँचथर। जंगल बाट ल्याएको च्याऊ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ८ आकाशेका एकै परिवारका ३ जना सिकिस्त विरामी परेका छन्। विरामी पर्नेमा ६२ वर्षिय बिर्ख बहादुर खजुम,उनका छोरा ४४ वर्षिय भवानी खजुम उनकी श्रीमती ४० वर्षिया राज कुमारी खजुम रहेका छन्।
उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए। जंगलबाट ल्याएको च्याऊ पकाएर खाएका उनीहरु विरामी परेका हुन्।