काठमाडौँमा साइकल ट्र्याक बनाइन्छ पो भन्न थाले प्रधानमन्त्री
प्रकाशित २०७५ जेठ २० आइतबार
645
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साइकलयात्रीको सुरक्षा र सुविधालाई ध्यान दिँदै काठमाडौँ महानगरमा साइकल ट्र्याक निर्माण गरिने बताएका छन् ।
प्रथम साइकल दिवसका अवसरमा आइतवार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लिखित शुभकामना सन्देश पठाउँदै प्रमुख सार्वजनिक यातायातको साधनका रुपमा बिजुलीबाट चल्ने मोनोरेलको शुरुआतसमेत गरिने उल्लेख गरे।
गतिशील मानव जीवनको प्रतीकका रुपमा साइकल चिनिएको हुँदा साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्ने प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ । प्रधानमन्त्री ओली काठमाडौमा मोनोरेल, मेट्रो रेल चुचे रेल कुदाउने कुरा यसअघिनै गरिसकेका छन् ।