arrow

काँग्रेसमा आलोचना बढी समालोचना कम

logo
अनुराग शाह,
प्रकाशित २०७५ जेठ २० आइतबार
anurag-shah.jpg

नेपालमा भएका हरेक आन्दोलनको नेतृत्व  गरेको पार्टी नेपाली काँग्रेसमा निर्वाचन पछिको समिक्षा लगत्तै पार्टी भित्र थप गुटबन्दीको अवस्था सिर्जना भएको छ। यो गुटबन्दीको असर भातृ संस्थामा पनि परेको पछिल्ला केही घटनाक्रमले देखाएको छ।

दुई गोरुसंग एउटा गोरु सिगाउरी खेल्न थाल्यो भने उस्ले हार्छ भन्ने सामान्य मान्छेले पनि अडकल लगाउन सक्छन। त्यस्तै गरेर दुई ठुला बाम शक्ती एकै ठाउमा आएका कारण काँग्रेसले चुनावमा नराम्रो पराजय भोग्नु पर्‍यो। त्यही बिषयलाई लिएर काँग्रेसमा केहि नेताहरुले पार्टी सभापतिले हारको जिम्मा लिनुपर्छ भनेर अभिब्यक्ती दिई राखेका छन भने पार्टी सभापतिले हारको जिम्मा सबै आँफैले नलिने अभिब्यक्ती दिए। नभन्दै पार्टीले नै हारको जिम्मा लियो। 

यि दुई अभिब्यक्तिकै वरिपरि पार्टीमा गुटगत राजनीति हावी भएको छ। कम्युनिस्टसँग लड्ने बेला आफु आँफैमा लड्दा काँग्रेस भने समस्यामा पर्दै गएको छ। जुगौं अगाडिबाट कमाएको बिरासत हातमा रहने हो वा हवइन भन्ने एकातर्फ चिन्ता भएको छ भने अर्कोतर्फ दुई तिहाईको दम्भमा रहेको सरकार अधिनायकवादतर्फ उन्मुख हुन सक्छ।

सदनमा सशक्त प्रतिपक्षको भूमिका निभाउन पनि पार्टीमा एकता अपरिहार्य छ। घर कमजोर भयो भने छिमेकीले हेप्नु स्वाभाबिक नै हो। त्यसै अनुरुप प्रतिपक्ष सदनमा कमजोर भयो भने सत्ता पक्षले पनि हेप्नु कुनै नौलो हैन। काँग्रेस रुपान्तरणका लागी सबैभन्दा पहिलो कुरा नेतृत्वको सार्वजनिक आलोचना गर्न बन्द गर्नु पर्छ।

काँग्रेसमा पछिल्ला दिनमा आलोचना बढी र समालोचना कम भएको छ। जस्ले गर्दा काँग्रेसमा रुपान्तरण भन्दा पनि गुटगत राजनीतिले ठाउँ पाइरहेको छ। अब आयो चुनावी हारको कुरा। चुनावमा टिकट लिदा अंस लिए जसरी लिने र चुनाव हरेर आईसकेपछी सम्पूर्ण दोष पार्टी सभापतिको हो मेरो कुनैपनी दोष छैन भन्नु पनि अहं हो। काँग्रेसले आफुलाई बदल्नु पर्छ।

यसकपटकको चुनाव काँग्रेसको पोल्टामा नआउनुको प्रमुख कारण मध्ये दुई वाम शक्ती एकजुट हुनु र काँग्रेसले गरेका राम्रा कामहरु जनता समक्ष पुर्याउन नसक्नुनै हो। दुनियाँ मार्केटिङको छ। वाम शक्तीहरुले आफ्ना राम्रा काम जनतासम्म पुर्‍याए। उनीहरुले काँग्रेसका बारेमा बिभिन्न नकारात्मक प्रोपोगन्डाहरु रचे। जस्ले गर्दा काँग्रेसको पकड क्षेत्रमा पनि काँग्रेसले नराम्रो पराजय बेहोर्नु पर्‍यो।

हाम्रो मुख्य गल्ती भनेको हामी अन्तिम समयसम्म पनि आँफैमा लडिरहेका हुन्छौं। जस्को फाईदा बिपक्षले लिएर बसिरहेको हुन्छ। आगामी दिनमा काँग्रेसलाई बलियो बनाउने हो भने यस्तै सानातिना कुराहरुको ख्याल गर्न जरुरी छ। सारमा काँग्रेसजनले आफ्नैको आलोचनामा समय खर्चिन बन्द गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ