arrow

युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
arrest.jpg.jpeg

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । 

युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । 

“भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका छौँ” उनले भने । पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उनको भनाइ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ