पत्रकार गिरीमाथि भएको आक्रमणको विरोध, आक्रमणकारीलाई कार्वाहीको माग
प्रकाशित २०७५ जेठ २१ सोमबार
747
Shares
काठमाडौ । नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलवारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो। आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ ।
समाचार लेखेकै आधारमा आफूमाथि सांघातिक आक्रमण गरिएको पत्रकार गिरीले बताएका छन्। यो घटनाले सार्वजनिक चासो बिषयमा समाचार लेखेपछि सम्वन्धित पक्षले देखाउने असहिष्णु व्यवहारलाई पुन उजागर गरेको छ।
नेपाल प्रेस युनियन पत्रकार गिरीमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गरेको छ ।
यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ती
नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलवारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो। आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ ।
समाचार लेखेकै आधारमा आफूमाथि सांघातिक आक्रमण गरिएको पत्रकार गिरीले बताएका छन्। यो घटनाले सार्वजनिक चासो बिषयमा समाचार लेखेपछि सम्वन्धित पक्षले देखाउने असहिष्णु व्यवहारलाई पुन उजागर गरेको छ।
नेपाल प्रेस युनियन पत्रकार गिरीमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दछ। साथै भयरहित वातावरणमा समाचार संकलन, प्रकाशन र प्रसारणको व्यवस्था मिलाउन स्थानिय प्रसासन र स्थानिय तहका प्रतिनिधिहरुसँग नेपाल प्रेस युनियन माग गर्दछ। धन्यवाद।