arrow

प्रश्न सोध्नेमाथि माननीय नबिना लामाको गाली

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
nabina-lama.jpg.jpeg

काठमाडौं । यतिबेला नेपाल कम्युनिष्ट पार्टीकी सांसद नबिना लामा विवादमा तानिएकी छिन् । प्रश्न सोध्ने एक नेपालीलाई गाली गरेर उनी विवादमा तानिएकी हुन् । 

अल्विन राईले फेसबुक म्यासेन्जरबाट अहिलेको पेट्रोलियम पदार्थको भाउ सोध्दा उनले गाली गरेकी हुन। 

उनले फेसबुक म्यासेन्जरमा सोधेका थिए –‘डिजेल, पेट्रोल, किरोसिनको भाउ कति छ होउ नबिना जी ?’

जवाफमा नसोचेको उत्तर पाए – ‘साले खाते धेरै बोल्छस् तलाई........’

No automatic alt text available.

सामाजिक संजालमा समाजसेवा गर्ने उद्धेश्यले राजनीति गरेका नेताहरुले दिने जवाफ भने उपयुक्त देखिएन । 

किनकि नेतालाई कुनै पनि जनता गाली गर्ने अधिकार छैन। जनताले सोधेका जिज्ञासाको उनीहरुले झर्को नमानी दिनुपर्छ । झर्को मानेर जवाफ दिदा यसअघि कांग्रेस सभापति शेर बहादुर देउबा समेत बिवादमा तानिएका थिए।

राजनीतिले समाजलाई निर्देशित गर्छ । तर नेतृ लामाको यो संवाद सहि हो भने समाज कता जाँदैछ भनेर बुझ्ने ? राजनीति कुन दिशामा अगाडि बढ्दै छ भनेर बुझ्ने ? 

लामाले आफूले राइसँग कुनै संवाद नगरेको यो समाचार प्रकाशित भएपछि भने बताइन । शुरुमा हाम्राकुराले पटक पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएकी थिइनन् ।

त्यसो त विघटित नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुकी अध्यक्ष नबिना लामाले खुलेआम तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबालाई सामाजिक  सञ्जालमा गाली गरेकी थिइन् । 

मूल्यबृद्धीको बारेमा उनको विगतको टिप्पणी र अहिलेको व्यवहारमाथि प्रश्न गरेर हाम्राकुराले माननीय नबिना लामा ज्यू ! मूल्यवृद्धि भएको देख्नुभएन ?  समाचार बनाएको थियो ।

समाचार प्रकाशित भएपछि नविनाले आफूमाथि षडयन्त्र भएको बताईन । उनले फेक आईडीबाट आफूलाई बदनाम गराउन षडयन्त्र भएको हाम्राकुरालाई बताइन । 

आफ्नो राजनीतिक जीवनबाट आत्तिएकाहरूले षडयन्त्र गरेर अर्नगल प्रचार गरेको उनको दावी छ I यो प्रकरणले आफूलाई दुख लागेको उनले बताइन ।

नविनाले हामीसँग भनिन:

नेपालीमा उखन छ खाएको विष पो लाग्छ नखाएको विष कसरी लाग्छ ??!! जुन पेट्रोलियम पदार्थको मुल्यवृद्विको विषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले मेरो चरित्र हत्या गर्ने उदेश्यले मैले नलेखेको कुरा मेरो नक्कली आइडी बनाई स्क्रिनसट गरि राखेको हो भन्ने जानकारी गराउन चाहन्छु। मैले आजसम्म सामाजिक सञ्जालको प्रयाेगमा जहिले पनि सावधानी अपनाउँदै आएको छुँ। म बाट त्यस्ता प्रकारका शब्दको किमार्थ प्रयोग हुँदैन। यस्ता गतिविधिमा संलग्न जो कोहिउपर कानुनि कारबाहीमा जानेछु र अपराधीलाई कानुनको कठघरामा उभ्याउने छुँ !

साथै अनेरास्ववियु सधैँ शैक्षिक आन्दोलन, सामाजिक आन्दोलन र जनजीविकाको सवालमा प्रतिपक्षको भूमिकामा रही सडक बाघको रुपमा आन्दोलनको अग्रभागमा रहिआएको सबैलाई थाहा छ ! 

( सांसद नविना लामाजीको सन्दर्भमा आएको समाचारले उनलाई  परेको चोटका कारण हामी दुखित छौ I -सं )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ