arrow

विश्वकपमा जर्मनीको खेल नेपालको जस्तो भयो –उपेन्द्रमान सिंह

आन्तरिक समस्या हुन सक्छ

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
upendra-germany.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबलको २१ औं संस्करणको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा कमजोर आँकिएको दक्षिण कोरियासंग २–० ले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो । 

यो खेल जितेर जर्मनी विश्वकपको राउन्ड अफ सिक्सटिनमा जानु पर्ने थियो । उपाधिको प्रमुख दावेदार नै पहिलो चरणबाट बाहिरिएपछि एक अर्थमा विश्वकप खल्लो भएको छ । तर अर्कातिर मुख्य दावेदार नै बाहिरिएपछि विश्वकप रोमाञ्चक पनि बनेको छ । 
नेपालले कोरियासंग हार्नुपर्ने कुनै कारण नै थिएन । तर जर्मनीको खेल कुनै पनि कोणबाट राम्रो नभएको विष्लेषण गरिन्छ । 

यससम्बन्धमा पूर्व राष्ट्रिय टिमका कप्तान, राष्ट्रिय प्रशिक्षक एवं अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह यसो भन्छन् –
‘जर्मनीले हार्ने खेल खेल्यो । यस्तो खेल खेलेर जितिँदैन । जर्मनीसंग बढी कन्फिडेन्स भएको हो वा के हो मैलै बुझ्नै सकिन । टिममा कन्ट्रिव्यूसन नै रहेन । खेलमा कुनै टेम्पो थिएन । खेलमा कुनै पेस थिएन ।’

कस्तो थियो त खेल ? 
उपेन्द्र भन्छन्, ‘खेल ठ्याक्कै नेपालको जस्तो थियो । धेरै समय आफ्नै नियन्त्रणमा रहने तर गोल नगर्ने । नेपालले पनि राम्रो खेल्थ्यो गोल गर्न सक्दैनथ्यो । रिजल्ट भनेको त गोल हो नि । गोल नै नगरेपछि कसरी जितिन्छ ?’ 

उपेन्द्रले अगाडि भने, ‘मलाई त हाम्रै खेल जस्तो लाग्यो । हामीले बलमा नियन्त्रण त गर्न सक्थ्यौं तर गोल गर्न सक्दैनथ्यौं अनि हार्दथ्यौं ।’ 

जर्मनीले ६९ प्रतिशत बल आफ्नै नियन्त्रणमा राखेको थियो । गोलका लागि ६ प्रहार गरेको थियो । कर्नर ९ वटा हानेको थियो । कुनै पहेंलो कार्ड खाएन । फाउल ७ वटा हानेको थियो । अफ साइड एउटामात्र भएको थियो । 

साविक विजेताको हारको कारण के हुन सक्दछ ? 
उपेन्द्र थप्छन्, ‘यो त केवल टाइमपास जस्तो भयो । खेलमा कुनै रौनक नै थिएन । प्रशिक्षक निकै राम्रा हुन् । जोआचिम लोउ विश्वकप दिलाएका प्रशिक्षक हुन् । उनमा कमी थिएन । तर मलाई लाग्छ जर्मनीको टिममा आन्तरिक समस्या छ । त्यही आन्तरिक समस्याले गर्दा नै जर्मनी विश्वविजेता जस्तो देखिएन ।’

यो पनि पढ्नुस् विश्वकपमा जर्मनीको हारको कारण के हुन सक्छ


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ