arrow

तिब्बती शरणार्थीको दर्ता र नविकरण मागिन् बुश्राले, गृहमन्त्री वादल ट्वाल्ल परे ! 

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
bushra.JPG

काठमाडौं । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर)ले तिब्बती शरणार्थीबारे चासो राखेको छ । यूएनएचसीआरले तिब्बती शरणार्थीबारे चासो राख्दैे दर्ता र नविकरण सुरु गर्न भनेको छ । 

यूएनएचसीआरको नेपालस्थित कार्यालयकी प्रतिनिधि बुश्रा हालेपोटाले गृहमन्त्री रामबहादुर थापालाई भेटेर तिब्बती शरणार्थीको दर्ता खोजेकी हुन् । उनले भुटानी शरणार्थीको अवस्थाबारे पनि गृहमन्त्रीलाई सोधिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न चीन भ्रमणका क्रममा नेपाल–चीनबीच सुपुर्दगी सन्धि गर्ने सहमति भएपछि त्यसको असर तिब्बती शरणर्थीमा पर्ने चिन्ता गरिएकै बेला राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले तिब्बती शरणर्थीको दर्ता खुलाउन भनेको हो । 

सुपुर्दगी सन्धि घातक हो भन्छन्, अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु । चीनले स्वतन्त्र तिब्बतको अभियानमा लाग्नेहरुलाई अपराधी मान्ने गरेको छ । शरणार्थीको परिभाषा दिनेहरु कुनै राजनीतिक, जातीय वा सांस्कृतिक कारणले दमनमा परेर भागेकाहरु शरणार्थी हुन्, भन्छन् । यदि स्वतन्त्र तिब्बतको अभियानका कारण चीन प्रशासित तिब्बतबाट भागेकाहरु शरणार्थीको रुपमा नेपाल आएका भए, उनीहरुलाई चीनले अपराधी भन्दैन भन्ने कुनै ज्ञारेन्टी छैन, भन्छन् मानवअधिकार शरणार्थीको क्षेत्रमा काम गर्नेहरु ।

चीन भ्रणमा ओलीले गरे ठूलो गल्ती, तिब्बती शरणार्थी लक्षित खतरनाक सहमति 

यूएनएचसीआरको नेपालस्थित कार्यालयकी प्रतिनिधि बुश्राले तिब्बती शरणार्थीको दर्ता तथा नविकरण लामो समयदेखि रोकिएको बताएकी छन् । उनी आएको धरै समय पनि भएको छैन । उनी धेरै मुलुकमा काम गरेर नेपाल आएको भर्खर भर्खरै हो । 

गृहमन्त्रीसँग दर्ता र नविकरणको अनुरोध गरेकी छन्, उनले । गृहमन्त्री थापा एकछिन् ट्वाल्ल परे । पछि यसबारे छलफल गर्ने आश्वासन दिए । गृहमन्त्री थापाले शरणार्थीको दर्ता र नविकरण भएको छैन, भनी बल्ल थाहा पाए । यही मेसोमा उनले नेपालमा रहेका भुटानी शरणार्थीहरुको स्वेदश फिर्ति अथवा तेस्रो मुलुक पुनःवास अथवा नेपालमै पुनःस्थापनको विकल्पबारे छलफल गर्नु पर्ने कुरा पनि चुहाईन् । 

गृहमन्त्री थापाले स्वदेश फर्काउनु पर्ने विचार राखे । अर्को विकल्प, तेस्रो मुलुकमा पुनःवासको व्यवस्थाका लागि पहल गर्न सकिने, हो भनेका छन् गृहमन्त्रीले । अब सरकार शरणार्थीलाई नेपालमा वास दिन सक्ने अवस्थामा छैन र घर फर्काउनु पर्छ भन्नेमा मनसायमा छ भन्ने गृहमन्त्रीको संकेत हो । 

युएनएचसीआरले दुई हप्ताअघि मात्रै नेपालका लागि नयाँ प्रमुख नियुक्त बुश्रालाई पठाएको थियो । उनले असार १ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी थिईन् । बुश्राले राष्ट्रसंघीय शरणार्थी नियोगमा रहेर कंगो, ताञ्जिनिया, अर्मेनिया, बोज्निया हर्जगोबिना, अमेरिका, पाकिस्तान, इराक र सोमालिया लगायतका देशमा काम गरिसकेकी छन् । 

बुश्रा परराष्ट्रमन्त्री ज्ञवालीलाई अाेहाेदाकाे प्रमाणपत्र बुझाउँदै । तस्वीर : वेब ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ