arrow

ब्रजिलको रक्षापंक्तिले बेल्जियमको आक्रमणलाई रोक्ला ? 

उपाधि दावेदार ब्रजिल र बेल्जियम मध्य एक बाहिरिने

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
Neymar-Lukaku.jpg

काठमाडौं । प्रतियोगितामा उपाधिको दावेदारी प्रस्तुत गर्दै आएका दुई टोली ब्रजिल र बेल्जियम क्वार्टरफाईनलमा भिड्दैछन्।  रुसमा जारी विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनलको खेलमा ब्राजिल र बेल्जियमको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार रातको ११:४५ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

'राउण्ड अफ सिक्सटिन'मा ब्रजिलले मेक्सिकोलाई २-० गोलले हराइको थियो भने बेल्जियमले जापानलाई ३-२ गोलले पराजित गरेको थियो। दुवै टोलीको लय राम्रो रहेको छ। 

प्रतियोगितामा ठिकै शुरुवात गरेको ब्रजिलले क्वार्टरफाईनलसम् आउँदा आफ्नो खेल निकै सुधारिसकेको छ।  बेल्जियमले समुह चरणमा उत्कृष्ट प्रदर्शन गरेपनि जापानसँगको राउण्ड अफ सिक्सटिनको खेलको सुरुवातमा आफ्नो लय समाउन सकेको थिएन। जापान बिरुद्ध ०-२ले पछि परेको स्थितीलाई ३-२ पार्दै जित आफ्नो पोल्टामा पारेको थियो।

बेल्जियमको अग्रपंक्तिमा रोमेलो लुकाकु, एडेन हजार्ड र मध्यक्रमका डे ब्रुनी, डेम्बेले, फेलानीजस्ता खेलाडीहरुको चक्रब्युह र आक्रमण रोक्न ब्रजिलको रक्षा पंक्ति सक्षम छ भन्ने प्रश्न अहम हुन जान्छ । 

ब्रजिलको रक्षापंक्तिको कुरा गर्दा डानिलो पुन: घाईते भएर विश्वकपबाट बाहिरी सकेका छन् भने मध्यक्रममा क्यासेमिरो पित पत्र पाएर बेल्जियम बिरुद्धको खेलमा हुने छैनन्। फाग्नर, थियागो शिल्भा, मिराण्डा, फरनान्डिन्हो आदीको भरमा रहेको ब्रजिल टोलीलाई बेल्जियमको आक्रमण रोक्न गाह्रो नै पर्छ होला ।  

ब्रजिलको अग्रपंक्तिको जति चर्चा हुनेगर्छ त्यति रक्षा पंक्तिको हुने गरेको छैन्। तर यो विश्वकपमा ब्रजिलले १ गोल मात्र खाएको छ। बलियो रक्षापंक्ति छ भनेर मान्ने आधार हेर्दा बिगत १० खेलमा ब्रजिलले ८ खेल जितेको र दुई खेल बराबरीमा टुंगिएको छ। उक्त १० खेलमा ब्रजिलले जम्मा १ गोल खाएको छ। 

छैटौं उपाधिको खोजीमा रहेको ब्राजिलले यो विश्वकपमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । समुह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा हासिल गरेको टोलीले अन्तिम १६ को खेलमा भने मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको थियो । 

यो टोलीका सबै खेलाडीहरु उत्कृष्ट लयमा रहेका छन् । पहिलो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको टोलीले समुहचरणको बाँकी खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आफ्नो प्रदर्शनमा सुधारको लागि ब्राजिलले तयारी पनि तीव्र पारेको छ ।

इतिहास र अहिलेको टोलीको लय हेर्ने हो भने शुक्रबारको खेल ब्राजिलको लागि सहज हुनेछ तर टोलीका मुख्य खेलाडी नेयमारमाथि भइरहेको अत्यधिक मार्किङ र अन्य खेलाडीहरुको प्रदर्शन आशा गरिएअनुसारको नरहेको अवस्था भने यो टोलीका लागि एक समस्या बन्न सक्छ । 

ब्राजिलका फुटबल अधिकारीहरुले आफूहरुको सबै खेलाडीहरु आफ्नो भूमिका राम्रोसँग निभाउन सक्षम रहेको कारण आफ्नो टोली कुनै पनि टोली हराउनको लागि सक्षम रहेको बताएका छन् । 

समुह जीको विजेता टोली बेल्जियमले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ । आफ्नै तीनै खेलमा जित हासिल गर्दै अन्तिम १६ मा पुगेको टोलीले जापानसँग भने कठिन जित हासिल गरेको थियो । यद्यपि जापानसँगको खेलमा २–० को नतिजालाई उट्याउँदै जित हासिल गर्नुले भने बेल्जियम जुनसुकै अवस्थामा खेलमा फर्किनसक्छ भन्ने सन्देश भने दिएको छ । 

साथै यो टोलीमा कुनै पनि प्रतिस्पर्धीलाई हराउनसक्ने क्षमता भएका खेलाडीहरु पनि रहेका छन् । यो टोली गोल गर्ने मामिलामा पनि अगाडि देखिएको छ । समुहचरणका सबै खेल जित्ने टोलीमध्येको एक रहेको बेल्जियम यसपटकको लागि उपाधिको एक दाबेदार मुलुक हो । बेल्जियमको टोली सन्तुलित अवस्थामा रहेको कारण यो टोलीले यो विश्वकप आफ्नो पोल्टामा पार्नसक्ने केहीको भनाइ छ ।

लाइन अप 
शुक्रबारको खेलमा ब्राजिलले आफ्नो तर्फबाट आक्रामक किसिमको टोली मैदानमा उतार्न सक्छ । अग्रपंक्ति र मिडफिल्डमा निकै राम्रो खेलाडीहरु उसको टोलीमा रहेको अवस्थामा उसले त्यसको भरपूर फाइदा उठाउन सक्छ । त्यसका लागि उसले अग्रपंक्तिमा एक तथा मिडफिल्डमा चार खेलाडीहरु उतार्न सक्छ । साथै साथै मिडफिल्डभन्दा केही तल एक खेलाडी राखी विपक्षीलाई रोक्ने तथा रक्षापंक्तिमा चार खेलाडीहरु राख्ने रणनीति ब्राजिलको बन्नसक्छ । जसअनुसार ब्राजिल ४–१–४–१ को संरचनामा मैदानमा उत्रिने सम्भावना रहेको छ । 

बेल्जियमले शुक्रबारको खेलमा ब्राजिलको भन्दा केही मात्र फरक किसिमको टोली उतार्न सक्छ । ब्राजिलसँगको खेलमा मिडफिल्ड तथा अग्रपंक्तिमा पाँच खेलाडीहरु रहनसक्छन् भने रक्षापंक्तिमा पाँचजनासम्म खेलाडीहरु रहनसक्छन् । जसअनुसार शुक्रबारको खेलमा बेल्जियमले ३–२–४–१ को संरचनामा खेलाडीहरु उतार्नसक्छ । 

हेड टु हेड 
अहिलेसम्म यी दुई टोलीको बीचमा चारपटक भेट भएको छ । जसमा तीन खेलमा ब्राजिलले जित हासिल गरेको छ भने एक खेलमा बेल्जियम विजयी भएको छ । विश्वकपमा भने उनीहरुको एकपटक मात्र भेट भएको छ । सन् २००२ मा विश्वकपमा भएको भेटमा ब्राजिलले जित हासिल गरेको थियो । त्यसयता भने उनीहरुको बीचमा कुनै प्रतिस्पर्धा भएको छैन । 

प्लेयर्स टु वाच

 
रोमेलु लुकाकु (बेल्जियम)
सोमबारको खेलमा यी खेलाडीको भूमिका बेल्जियमको लागि निकै महत्वपूर्ण हुनेछ । बेल्जियमका यी खेलाडीले यो विश्वकपमा चार गोल गरिसकेका छन् । उनलाई जापानसँगको खेलमा थप गोल गर्दै आफ्नो विश्वकपको गोलसंख्या पनि बढाउने मौका हुनेछ । उनी यो विश्वकपमा गोल्डेन बुट पाउने खेलाडी पनि बन्न सक्छन् । उनीभन्दा माथि सबैभन्दा बढी गोल गर्ने खेलाडीमा इंगल्याण्डका ह्यारी केन छन् । उनले पाँच गोल गरेका छन् ।

नेयमार (ब्राजिल) 
ब्राजिलको टोलीमा शुक्रबारको खेलमा नेयमारको भूमिका निकै महत्वपूर्ण बन्नसक्छ । ब्राजिलको लागि एक्लै खेल जिताउनसक्ने क्षमता भएका यी खेलाडीले चमत्कार देखाउन सकेको खण्डमा भने ब्राजिललाई जित हासिल गर्नु कुनै नौलो कुरा भने होइन । गोल गर्नमा कुनै समस्या नरहेको टोलीमा अन्य खेलाडीहरु पनि निकै राम्रो लयमा रहेको फाइदा उनलाई पनि मिल्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ