arrow

कृषिका हाकिमलाई आपत, विदेश गए ठाडै कारबाही 

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
krisi_m.JPG

काठमाडौं । प्रधानमन्त्री कार्यालयले कृषि, भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयका कर्मचारीहरुलाई विदेश जान रोक लगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट सक्न कृषिका अधिकारीहरु भारत लगायतका मुलुकमा अनावश्यक घुम्न थालेपछि प्रधानमन्त्री कार्यालयले कडाई गरेको हो । 

प्रधानमन्त्री कार्यालयले मंगलबार कृषि, भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयलाई पत्राचार गर्दै राज्य कोषको दोहन नगर्न निर्देशन दिएको छ । गएको २८ असारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रकमबाट ६० जना कर्मचारी भारत भ्रमणमा गएको उजुरी प्रधानमन्त्री कार्यालयमा परेको छ । 

प्रधानमन्त्री कार्यालयले त्यसरी विदेश भ्रमणमा निस्कन नपाउने भनी चिठ्ठी नै पठाएको छ । प्रधानमन्त्री कार्यालयका सह–सचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेको पत्रमा वैदेशिक भ्रमण व्यवस्था निर्देशिका २०७५ अनुसार राज्य कोषको दोहन हुने गरी विदेश भ्रमणमा नजान उल्लेख गरिएको छ । सरकारले अनावश्यक भ्रमण गर्नेलाई ठाडै कारबाही गर्ने चेतावनी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ