arrow

अबको काँग्रेसको रणनीति

logo
सञ्जिव घिमिरे,
प्रकाशित २०७२ माघ २९ शुक्रबार
sanjib-ghimire.jpg.jpeg
भनिन्छ मानिसको सकारात्मक उर्जा उसको हात र खुट्टाको औंलामा हुन्छ। त्यसैले हिन्दु संस्कार र परम्परा अनसार सानाले ठुलालाई हात तथा खुट्टामा ढोगेर आशिर्वाद लिने प्रचलन छ। त्यसो गर्दा ठूलाको सकारात्मक उर्जा सानामा संञ्चार हुन्छ। यसपालिको कांग्रेस महाधिवेशनमा पनि त्यस्तै होस भन्ने धेरैको चाहना थियो। ६ दशक भन्दा बढी लोकतन्त्र संस्थागत गर्न समय, जिन्दगी र सपना खर्चेका दिवंगत शुशील कोईरालाले पनि त्यही भुमिकामा रहेर आफ्नो अनुभव दोस्रो पुस्तालाई बाढ्दै उर्जाशिल पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा उतम हुने थियो भन्ने धेरैलाई लागेको थियो। भनिन्छ मानिसले मरेर केही लादैन। खाली हात आएको हो र खाली हात जान्छ। तर मानिसले मरेर जादाँ एउटा एउटा कुरा चाही पक्कै लैजान्छ र त्यो हो उसको अनुभव र शिक्षा। सम्पती एकबाट अर्कोमा सर्दछ तर अनुभव र शिक्षा सम्पती जस्तो अंशबण्डा जस्तो हुनसक्दैन। कोईरालाले आफ्नो अनुभव दोस्रो पुस्तालाई सबल बनाउन भुमिका खेल्नु पर्थ्यो तर उहाँको अवसान पछि त्यो अब असम्भव हुने नै भयो।
 
युवराजले सन् २००६ को टि-ट्वान्टी र सन् २०११ को वान डे विश्वकप क्रिकेट भारतलाई जिताउन महत्वपुर्ण योगदान दिए। ठिक यस्तै भुमिका र कार्य शुशील कोईरालाबाट पनि होस् भन्ने अपेक्षा थियो तर बिडम्बना त्यो कोशिश हुन नपाउँदै कोईराला दिबगंत भए। 
 
नेतृत्व हस्तान्तरण जसलाई अंग्रेजीमा सक्सेसन प्लानिङ्(succession planning) पनि भनिन्छ। यसको उत्कृष्ट उदाहरण विश्व क्रिकेट महाशक्ति राष्ट्र वेष्ट ईण्डिजले सन् १९७५ र१९७८ को पहिलो र दोस्रो विश्वकप क्रिकेट जित्न सफल रह्यो। त्यो बेला विश्व क्रिकेटका हस्तीहरुले भरिएको वेष्ट ईण्डीज नब्बेको दशकमा पुग्दा उस्का सबै खेलाडी उमेरको उतरार्दमा थिए। ती सबै हस्ति एकैचोटी रिटायर्ड हुन पुगे। ती हस्ती खेलाडीहरु टिममै रहदा नयाँ पुस्तालाई सगै टिममा सामिल गराई अनुभवी बनाउन नसक्दा नब्बेको दशक पछि महाशक्ती राष्ट्र विश्व क्रिकेटमा धेरै पछि पर्यो र अहिले पनि विश्व क्रिकेटको शक्तिशाली राष्ट्र बन्न प्रयासरत छ। उता भारतिय क्रिकेटमा अनुभवी अलराउण्डर रविन सिहं ३६ वर्षको हुँदा टिममा १८ वर्षका युवराज सिहंले डेब्यु गरे। शुरुवाती दिनमै युवराज चम्कन थाले पछि अलराउण्डर रविन रिटायर्ड भए। तिनै युवराजले सन् २००६ को टि-ट्वान्टी र सन् २०११ को वान डे विश्वकप क्रिकेट भारतलाई जिताउन महत्वपुर्ण योगदान दिए। ठिक यस्तै भुमिका र कार्य शुशील कोईरालाबाट पनि होस् भन्ने अपेक्षा थियो तर बिडम्बना त्यो कोशिश हुन नपाउँदै कोईराला दिबगंत भए। संबिधान सभाबाट संबिधान जारी गर्न नेतृत्व गरेका कोईराला जसले विपी र गिरिजा प्रसाद कोईरालाले पनि गर्न नसकेको काम गरेर देखाए। त्यसको जस पाउन शुरु हुदै गर्दा भएको प्रधानमन्त्री चुनावमा उम्मेदवारी घोषणाबाट एकाएक विवादमा तानिए। प्रधानमन्त्रीमा उम्मेदवारी दिएर पार्टि भित्रै ठूलो विरोध र सास्ती खेपेका कोईरालाको विरोध यतिसम्म भयो कि जसको असर आसन्न कांग्रेस अधिवेशनमा पनि पर्न सक्ने अड्कलबाजी गरियो। काँग्रेसका नेतृत्व सधै कोईराला परिवारमा रहेकोमा त्यो पार्टी भित्रैबाट विरोध भइरहेको र नेतृत्व अब पारिवारीक परिधी बाहिर निस्किनु पर्ने आवाज उठीरहेको सन्दर्भमा कोईरालाको अवसानले त्यो विरोधको सम्बोधन गर्छ भन्ने संकेत पक्कै गर्ला। 
 
आसन्न अधिवेशनमा उम्मेद्वारी दिने नदिने विरोधावास टिका टिप्पणीका विच शुशील कोईरालाका अवसानले संस्थापन या कोइराला प्यानल संस्कृती अब भत्किएको आभाष कांग्रेस कार्यकर्ताले नै गर्न थालिसकेका संकेत मिल्न थालेको छ। मृत्यु पहिले गरिएको अथाहा विरोध, मृत्यु पश्चात सेलाएर त गयो तर सारा कांग्रेस पङ्ती अब नेतृत्व सहि हातमा जादैन कि भन्ने डर पाल्न सुरु भएको संकेत देखिदैछ। निष्ठावान कार्यकर्ता नेतृत्व गलत हातमा जाने हो कि भन्ने चिन्तित हुन थालेका छन्। वडादेखि क्षेत्र र जिल्लासम्मको चुनावको लगभग अन्तिम समयसम्म पुगि सकेको कांग्रेसमा यसपालीको चुनावमा पैसा र बलले धेरै भुमीका खेलेको र केन्द्रिय नेतृत्व चयनमा पनि त्यही दोहोरिएर गलत हातमा जाने खतराप्रती कार्यकर्तामा निरासा छाउन थालेको देखिन्छ। एउटा सत्य के हो भने राज्य रहे मात्र राजा रहन्छन, विना राज्यको राजा हुन सक्दैनन्। त्यसैगरि पार्टी रहयो भने मात्रै त्यो पार्टीको नेता र कार्यकर्ता रहने हो। पार्टी  नै रहेन भने कहाँ नेता र कार्यकर्ता रहन सक्ला र? पार्टी भित्रका विभिन्न नेताको एक अर्कामा मतभेद पक्कै होला। तर यो बिषम परिस्थितीमा ति सबै मतभेद भुलेर एक ढिक्का भएर पार्टी गलत हातमा जान नदिन सहकार्य गर्न जरुरी छ। त्यसैले सम्पुर्ण नेता कार्यकर्ताले यो बदलिदो परिस्थितीमा सहि निर्णय लिने बेला आएको छ। हिजो नेतृत्वमा रहदा र शक्तिशाली रहदा रहदै पनि पार्टी र देश नै कमजोर बनाउन थुप्रै खेल, प्रयास र कार्य भएको हामीले आफ्नै आँखाले देखेकै हो। यदि गुण्डागर्दी, दलाल र पैसाको चलखेलमा विश्वास गर्ने र त्यसैको वरिपरी रहने पङ्तीले यदि नेतृत्व पाएमा पुरै पार्टी तहसनहस हुन सक्ने खतरा नकार्न सकिन्न। त्यो डरलाग्दो परिस्थितीलाई मध्यनजर गर्दै अब पार्टी भित्रमा सच्चा, निष्ठवान र सकारात्मक सोचका नेताहरुका बिचमा टिम वर्क बन्न जरुरी छ। जसले पार्टीलाई आसन्न महाधिवेशनमा नेतृत्व गलत हातमा जानबाट रोक्न प्रयासरत गर्नु पर्छ। 
 
हो, पक्कै पनि त्यो टिममा सामेल हुन सक्ने नेता बिच मतभेद र पार्टी भित्रै प्रतिष्पर्धा होला जुन प्रजातन्त्र र लोकतन्त्रको स्वाभाविक प्रकृया पनि हो। तर एउटा कुरा के हो भने पार्टी रहेन भने त्यो मदभेद र प्रतिष्पर्धाको के मतलब। त्यसैले पहिले पार्टीलाइ गलत नेतृत्वमा जान नदिन एक ढिक्का भएर टिमवर्क गरेर पार्टीलाई दुर्घटना हुनबाट बचाई अनि मात्र आन्तरिक स्वच्छ प्रतिष्पर्धामा जाँदा कांग्रेस नेताको भलो हुने कुरालाई नकार्न नसकिएला र त्यो ने शुशील कोईरालाप्रतिको सहि श्रद्दाञ्जली हुनेछ।



नयाँ