arrow

हामी काँग्रेस किन सडकमा ? 

logo
हरिहर शर्मा,
प्रकाशित २०७५ साउन १६ बुधबार
Harihar-sharma.jpg.jpeg

काठमाडौं। जनताका पीडा र राष्ट्रलाई दुरगामी प्रभाव पार्ने सबालहरु उठाउँदै,सरकारलाइ गलत काम गर्नबाट रोक्नु प्रतिपक्षीको दायित्व र धर्म हो। सरकारले राम्रो काम  गर्दा हामी स्वागत र समर्थन गर्न आतुर छौ तर अहिलेको सरकार दिनानुदिन जनताबाट टाढिदै गएको जगजाहेर नै छ। गलत कामका निम्ति उद्धत भइरहेको सरकारलाई खबरदारी गर्न सडकसम्म पुग्नु यतिखेर प्रतिपक्षी नेपाली काँग्रेसको रहर र इच्छा होइन यो त बाध्यता हो । तथापि यो सडक आन्दोलनको सुरुवात होइन सामान्य खबरदारीको सुरुवात मात्र हो ।

यतिखेर हामी आफ्नै पार्टीलाई पुनर्संरचना गर्दै पुनर्ताजगीको गृहकार्यमा छौ। त्यसैका निम्ति जुटिराखेका पनि छौ। तथापि यो बिचमा जनताको ढाड सेक्ने गरि बढेको महङ्गी, बृद्धबृद्दालाइ ढाट्ने र रुवाउने जालसाजीपुर्ण व्यबहार, प्रेस र न्यायालय माथिको आक्रमण तथा हस्तक्षेप, महिला माथिको अपमान, स्वास्थ्य र शिक्षामा सरकारी संरक्षणमा हाबी भइरहेको माफियाकरण, अबैज्ञानिक र जनतालाई सेवा सुबिधा नदिइ जनतासँग जथाभावी कर लुटने प्रवृत्तिमा हामीले आँखा चिम्लेर बस्न सक्ने अवस्था रहेन।

जुम्ला अस्पताल सहित देशका विभिन्न ठाउमा भएका सरकारी दमन र ज्यादती, अपराधीलाइ आममाफी दिनेसम्मको दन्डहीनता, सबैधानिक र संसदीय मान्यताको उल्लंघन सहितका जनबिरोधी क्रियाकलापहरु टुलुटुलु हेरेर बस्न सकिदैन थियो। 

तसर्थ आँट र हिम्मत भएकाहरु जनतालाई न्याय दिलाउन र राष्ट्रको हितका निम्ति सडकमा आउनु स्वभाविक हो। यो बिषयलाई विषयान्तर गर्दै अपब्याख्या गर्नु जनताका जायज मुद्दाका विरुद्धमा उभिनु हो।दास मनोविज्ञान बोकेर, अन्धभक्त हुँदै सरकारी ज्यादतीको रक्षाकवच भएर बोल्ने मण्डले प्रवृतीलाई कुनैदिन जनताका बिचमा महँगो पनि पर्नसक्छ। बिषयबस्तु नबुझिकन बोल्ने र लेख्ने  मुर्खता जुनसुकै बिचार बोक्ने ब्यक्तिले पनि गर्न जरुरी छैन्। किनकी आज हामीले सडकबाट उठाएका मुद्दामा हाम्रो आवाज र रुप देखिएला तर यि विविध विचार र आस्था राख्ने आम नागरिकका मुद्धा हुन भन्ने कुरा बुझ्दा नै राम्रो हुन्छ।

हामी पनि छुकछुके रेल मात्र होइन हिलाम्मे सडक सुधार भएर सरर गाडी गुडेको देख्न चाहन्छौ। ६५ बर्ष माथिका वृद्ध बृद्दाले ५ हजार रुपैयाँ भत्ता बुझेको खुशी अनुहार हेर्न चाहन्छौ। जनताले करमात्र तिर्ने होइन सबै सरकारबाट सेवा सुबिधा,सीप र रोजगारी सृजना भएको हेर्न चाहन्छौ । नेपाली छोरीहरु मात्र होइन तमाम आमा दिदीबहिनीहरु आत्मसम्मान र गौरवका साथ बाच्ने अबस्था सृजना भएको हेर्न चाहन्छौ ।मार्सीको भात खानेको  मात्र होइन एकछाक आँटो, सातु, ढिडो र सिस्नुले  प्राण धान्नेहरुको पनि राज्य होस भन्ने कामना मात्र होइन बनाउन पनि चाहन्छौ। हावाबाट उत्पादन भएको बिजुली प्रयोग गर्दै,घरमै जोडिएको ग्यासपाइपले सबैको घरघरमा चुलो बलेको देख्न चाहन्छौ। नजिकको समुन्द्री तटसम्म आफ्नै पानीजहाजले ल्याएको सामान सुपथ मुल्यमा देशमा ल्याएर  प्रयोग गर्न चाहन्छौ । आजसम्म बनेको बिकासको आधारमा टेकेर दिगो बिकास र समृद्धि हासिल गर्न चाहन्छौ । खाडीमा रगत र पसिना बगाउदै गरेका नौजवान युबाहरुलाइ फर्काएर देशमै उत्पादन र रोजगारीमा जोडिएर घरपरिवारसँगै रमाएर बसेको हेर्न चाहन्छौ। सबै नेपालीका छोराछोरीहरुले सहज र सुलभ रुपमा गुणस्तरीय शिक्षा हासिल गर्न पाउने बाताबरण निर्माण गर्न चाहन्छौ। निमुखालाइ न्याय गरिवलाइ आय सहित समाजबाद स्थापित गराउन चाहन्छौ। आर्थिक वृद्धिदर बढाउदै संसारका मानिसहरुको गन्तव्यको सुन्दर स्थल नेपाल हो भन्ने बनाउन मेहनत गर्न चाहन्छौ। साझा परराष्ट्र नीतिका मार्फत सबल राष्ट्रबादको बिकास गर्न चाहन्छौ। समृद्धि दम्भ र अहंकारले होइन अथक मेहनत र बिनयशीलताले संभव छ भन्ने मूल्य स्थापित गर्न चाहन्छौ। जनताले आजसम्म संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्दै संविधानको पुर्ण कार्यन्वयन गर्न चाहन्छौ । केही बर्षमै हरेक नागरिकले मेरो देश भनेर गौरब गर्न लायक बनाउन अरुलाइ सत्तोसराप गरेर होइन सबैलाइ सम्मान गर्दै साथमा लिएर मात्र संभव हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न चाहन्छौ।

यी तमाम विषय र सबालमा हामी जिम्मेवारीका साथ अगाडि बढन चाहन्छौ। जनताको धैर्यता र शालिनतालाई कमजोरीका रुपमा लिनु सत्ता संचालकहरुको मुर्खता र ऐतिहासिक भुल हुनेछ। विभिन्न रुपबाट तानाशाह बन्न खोज्ने संसारका कैयौ शासकहरुको पतन सुखद देखिदैन। मुलुक त्यो बाटोमा हिडन खोज्यो भने हाम्रा महत्त्वपूर्ण उपलब्धिहरु खतरामा पर्नेछन। जनता फेरि बलिदान दिन सडकमा लामबद्द हुने स्थिति सृजना हुनु दुर्भाग्यपूर्ण हुनेछ। त्यसकारण हामीले सत्ताको बागडोर समाल्नेहरुलाइ रचनात्मक सुझाव दिदै सचेत बनाउन मात्रै खोजेका हौ। हामी आन्दोलनका लागि सडका छैनौं यो केवल खवरदारी हो। खवरदारीलाई कम आँक्ने भूल नगर्नु। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ