arrow

नाकाबन्दीको विरोधमा १ लाख हस्ताक्षर राष्ट्रसंघलाई बुझाईने

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1104627477.jpeg
काठमाडौ । कतारमा होटल ब्यवसाय गर्दै आएका लमजुङका सन्तोष बाबु  लोहनीले भारतले लगाएको नाकाबन्दीको विरोधमा एक लाख हस्ताक्षर संकलन गरेर संयूक्त राष्ट्र संघका महासचिव बानकी मुनलाई बुझाउने भएका छन । 

लोहनीले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दशैमा टिका लगाउन स्वदेश फर्किदा यहाँ भारतको नाकाबन्दीको कारण नेपाली दाजुभाईहरुको जनजीवन कष्टकर बन्दै गएको देखेर आफूले विरोध स्वरुप हस्ताक्षर संकलन गर्न लागेको बताए । 

उनले भने ‘म एउटा सामान्य नागरिक, मैले त्यत्रो ठूलो मुलुक भारत विरुद्ध केही गर्न सक्ने कुरा भएन, तर विरोध त गर्न सक्छु, अन्तर्राष्ट्रियकरण त गर्न सक्छुृ नि भनेर यस्तो अभियान चलाउन लागेको हुँ ।’

लोहनीले कार्तिक २१ गते शनिवार राजधानीको शान्तिबाटीमा रहेर हस्ताक्षर संकलन गर्ने छन । सोही दिन एक लाख नपुगे भोली पल्ट समेत संकलन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । उनको हस्ताक्षर अभियान विहान ७ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ । 

उनले कुनै पार्टी र संघ सस्थासँग आबद्ध नभई सामान्य नेपाली नागरिकको हिसावमा अभियान चलाउने सोच बनाएको भन्दै सबैलाई शान्ति बाटीका आएर हस्ताक्षर अभियानलाई सफल बनाउन आब्हान गरे ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ