अश्लिल भाषा प्रयोग गर्ने पत्रकार रिजाल महासङ्घ सदस्यबाट निलम्बित
प्रकाशित २०७५ भदौ ७ बिहिबार
179
Shares
नेपालगञ्ज । नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । महासङ्घ जिल्लाकार्यसमितिको बुधबार बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो ।
यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो ।
यसअघि महासङ्घले पत्रकार विजय मल्ललाई फेसबुकमार्फत महासङ्घ र पदाधिकारीविरुद्ध अपमानजनक कुरा लेखेकोमा सदस्यताबाट निलम्बन गरेको थियो ।
पत्रकार कमला हमालमाथि रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘बलात्कारको आशयसहित’ स्थानिय महिला पत्रकारलाई अपशब्द प्रयोग गरेका थिए । हमालले लेखेको स्टाटसमा कमेन्ट गर्दै बाँके, कोहलपुरका प्रमोद रिजालले यहाँ उल्लेख पनि गर्न नसकिने शब्द प्रयोग गरेका हुन् ।