arrow

'गंगामायामाथि ठूलो धोका, छोराका हत्या आरोपी १२ जनाले पाए सफाई' 

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
gangamaya11.jpg

चितवन ।  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपी १२ जनाले चितवन जिल्ला अदालतबाट सफाई पाएका छन् । अदालतले फुजेलका कृष्णप्रसाद हत्याका आरोपी छविलाल पौडेलसहित १२ जनालाई सफाइ दिएको हो । जिल्ला अदालत चितवनका मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको गंगामायाको तर्फबाट बहस गर्न पुगेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हाम्राकुरालाई बताए । 

उनका अनुसार आयरल्याण्डमा रहेका रुद्र आचार्यबारेको आरोप मुल्तवीमा राखिएको छ, बाँकि सबैले सफाई पाए । 
डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी (क) र रामप्रसाद अधिकारी (ख), कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी लगायतले सफाई पाएका हुन् । 

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ गते चितवनको बकुल्लहर चोकमा हत्या भएको थियो । उनको हत्या तत्कालीन माओवादी कार्यकर्ताले गरेका थिए । एसएलसी दिएर पूर्वी चितवनको जयमंगलामा रहेको मामा घरमा हजुरबुबा भेट्न आएको बेला उनको अपहरणपछि हत्या भएको हो । 

न्याय माग्दै सुरुमा कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले उजुरी हाले । पछि, दाजु नुरप्रसादले १३ जनाको नाममा किटानाी जाहेरी दिए । नुरप्रसादका अनुसार त्यो बेला वकिलहरुले मुद्दा लेख्न मानेन् र ठाडो उजुरीमा किटानी जाहेरी दिएको अहिले पनि सम्झिन्छन् । 

लामो समय मुद्दै दर्ता भएन । बुबा नन्दप्रसाद र आमा गंगामाया अनशन बसे । न्याय खोज्दै काठमाडौ आएका उनीहरु प्रधानमन्त्रीको निवास बालुवाटार बाहिर अनशन बसे । प्रहरीले पक्राउ गरेर लग्यो । मानिसिक अस्पताल समेत लगियो । पछि, २०७० चैत ३० गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भयो । आरोपीहरु पक्राउ परे तर प्रमाण नपुगेको भन्दै छुटे । फेरि पनि त्यही घटना दोहोरिएको छ । गंगामाया अधिकारी अहिले पनि वीर अस्पतालको शय्यामै न्याय खोजिरहेकी छन् । जेठो छोरा नूरप्रसादलाई प्रहरीले आमालाई भेटाएपनि अदालतमा बयान दिन गएनन् । २०७१ असोजमै निधन भएका बुबा नन्दप्रसादको शव अहिले पनि त्रिविशिक्षण अस्पतालमै छ । 

गंगामायामाथि ठूलो धोका 
न्यायको लडाई लडिरहेकी गंगामाया अधिकारीमाथि वर्तमान सरकार र न्यायालयले ठूलो धोका दिएको बताईँदै छ । गंगामायाका वकिलहरु भन्छन्, ‘सरकारले न्याय दिने भनेर केही समय पहिले मात्रै अनसन तोडायो । एक कराेड खातामा जम्मा गरिदियाैँ भन्याे । नागरिकता बनाइदिएकाे पनि सुनियाे । आरोपीलाई पक्राउ गरेको जस्तो मात्रै गरिदियो । र, न्यायपरिषदमा उजुरी खेपिरहेका न्यायाधीले नै मुद्दाको फैसला गरेर आरोपी सबैलाई सफाई दिए ।’ उनीहरु भन्छन्, यसको अर्थ ६७ वर्ष कटिसकेका छविलालहरु विना प्रमाण जेल परुन् भन्ने होईन तर, न्यायाधीले आफुमाथि उजुरी परेको मुद्दा हेर्न मिल्दैन । यो न्यायको सामान्य सिद्धान्त हो ।’

पूर्वाग्रहरी न्यायाधीश 
चितवनका मूख्य न्यायाधीश कुलप्रसाद शर्माविरुद्ध न्याय परिषदमा उजुरी छ । तर, उनले नै यो मुद्दाको फैसला गरिदिए । आरोपीलाई सफाई दिए । जहाँ उनको पूर्वाग्रह झल्किएको भन्दै आलोचना सुरु भएको छ । छविलाल पक्राउ परेको भोलिपल्ट उनले पत्रकार सम्मेलन गरेर मिति किटेरै यो मुद्दाको फैसला गर्छु भनेका थिए । लगत्तै गंगामायाले न्यायपरिषदमा उजुर हालिन् । सुनुवाईका क्रममा न्यायाधीश शर्माले देखाएको किस्सा पनि बाहिरिई सकेको छ । 

यो हो उनको किस्सा, पुरै पढौँ 
‘फुजेल प्रकरण’को सुनुवाई र ईजलाशमै भएको अनौठो घटना 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ