arrow

अन्तर्राष्ट्रिय ओजन तह बचाउ दिवस : हचुवा विकास र वन फँडानी नेपालका लागि घातक 

एचसीएफसी प्रयोग हुने इलेक्ट्रोनिक सामान लाई सन् २०२५ सम्ममा विस्थापन गर्ने 

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
oZone_tah.JPG

काठमाडौं । विश्वभर अन्र्तराष्ट्रिय ओजन तह बचाउ दिवस नेपालमा पनि मनाइदैछ । हरेक वर्षको सेप्टेम्बर १६ तारिखमा यो दिवस मनाउने गरिन्छ । 

विश्वव्यापी समस्याका रुपमा रहेको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सन् १९९५ बाट संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय ओजन तह बचाउ दिवस मनाउन थालेको हो ।

संयुक्त राष्ट्रसंघको आमसभाले ओजन तहसम्बन्धी जनमानसमा जनचेतना बढाउने मूख्य उद्देश्यले यो दिवस विश्वभर नै मनाउने घोषणापत्र पारित गरेको थियो । 

ओजन भनेको अक्सिजनको तीनवटा एटम मिलेर बनेको एउटा मोलेक्युल हो । ओजोन तह प्राकृतिक रूपले पृथ्वीको समुन्द्री सतहबाट ५० किलोमिटरको दुरीमा रहेको हल्का नीलो रंगको वायुमण्डलको ९० प्रतिशत ओजन ग्यासको तह हो  । 

यसले सूर्यबाट निस्केको हानिकारक परावैजनी किरणलाई सोस्ने र फिल्टरको काम गर्ने गर्छ । यसको खतरनाक किरणले गर्दा मानिस, जनावरको स्वास्थ्यमा पर्ने प्रतिकुल असर त छदैछ  वातावरणमा समेत नकरात्मक प्रभाव पर्छ ।

मानिसमा मुटुको रोग, श्वासप्रश्वास सम्बन्धी रोग, छालाको क्यान्सर, आँखाको रोग लाग्नुका साथै वातावरणमा साना–साना रूखबिरुवाको विकासमा नकारात्मक असर, जैविक विविधता संरक्षणमा असर तथा जलमा पाइने प्राणी (माछा) माथि पर्न जाने असर हुन् ।

यसले पृथ्वीको तापक्रममा नाटकीय तवरले वृद्धि भई जलवायु परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने गर्छ । पृथ्वीलाई ढाकेको ओजन तह पातलीदै जाँदा तापक्रममा वृद्धि भई विभिन्न समस्याहरु निम्तिन थाले पछि विश्वभर ओजन तह दिवस मनाउन थालिएको हो । 

ओजन तहका बारेमा फ्रान्सको दुई जना भौतिक शास्त्रका वैज्ञानिक चाल्र्स र हेनरीले पत्ता लगाएका थिए । प्राकृतिक रूपमा रहेको उक्त ओजोन ग्यासको तह विकसित मुलुकहरूमा अत्यधिक प्रयोग हुने रेफ्रिजेरेटर, एयरकन्डिसनबाट निस्कने क्लोरोफ्लोरो कार्बन, हाइड्रोक्लोरोफ्लोरो कार्बन, वातावरणीय प्रदुषण, वन विनाश, अवैज्ञानिक खेती प्रणाली, उद्योग कलकारखानाको विकास आदि कारणले क्षयीकरण हुँदै गयो । 

ओजन तहलाई घटाउने उत्पादनहरूलाई रोक्न विश्वभरका देशहरू सन् १९८७ मा मोनट्रियल प्रोटोकलमार्फत सहमत भएका छन् । पछिल्लो अध्ययन–प्रतिवेदनअनुसार सहमत भएका सूचिहरूमध्ये ९५ प्रतिशत ओजन घटाउने पदार्थहरूको उपभोगमा कमी आएको देखिन्छ . यस गतिलाई कायम राख्ने हो भने सन् २०५० देखि २०७५ सम्म ओजन तह पुर्नस्थापित हुने अनुमान गरिएको छ

जनसंख्या वृद्धि, वन विनास, बढ्दो शहरीकरण र औद्योगिकरणका कारण ओजन तह पातलिदै गएको वातावरणविदको भनाइ छ । सूर्यका विभिन्न किरणहरुलाई छानेर मात्र पृथ्विमा आउन दिने तत्व ओजन तह भएकाले यो पातलिदै जादा हानीकारक किरणहरु पृथ्वीमा प्रवेश गर्ने वातावरणविदहरुको दाबी छ  । 

पछिल्लो २ सय वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन वायुमण्डलमा बढ्दै गइरहेको वातावरणविद भुषण तुलाधरले बताए । 

धनी र औद्योेगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई थेग्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ ।

हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण जस्ता क्रियाकलाप पर्दछन् । बनजंगल संरक्षण, वृक्षारोपण, नवीकरणीय उर्जा र वैकल्पिक उर्जाको प्रयोगले ओजन तहलाई बचाउन सकिने वन र वातावरणसँग सरोकार राख्ने निकायले जनाएका छन् । 

रेफ्रिजरेटर, एअर कन्डिशनर लगायतका एचसीएफसी प्रयोग हुने इलेक्ट्रोनिक सामान लाई पूर्ण रुपमा बन्द गर्नुपर्ने राजपत्रमै प्रकाशित भएको छ । मोन्टिएल अभिसन्धि अनुसार ओजोन तह पातलिदै जाने एचसिएफसी प्रयोग हुने इलेक्ट्रोनिक सामान लाई सन २०२५ सम्ममा विस्थापन गर्ने भनेको छ ।

साथै सन् २०३० सम्ममा यसलाई शुन्यमा झार्ने पनि लक्ष्य छ । ओजन तहका बारेमा नेपालमा गुणस्तर तथा नापतौल विभागले हेर्ने गरेको छ । विभागले एचसिएफसी प्रयोग हुने इलेक्ट्रोनिक सामानको अवस्था, आयात भएनभएको लगायतको अनुगमन तथा तालिम दिदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ