arrow

प्रतिवेदन भन्छ -अवरोध हटाउन सके नेपालमा इ-कमर्सको ठुलो संभावना

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
ict.jpg

काठमाडौं ।  क्षेत्रिय आइसिटी नीतिको भण्डार लर्नएसिया द्वारा भर्खरै सम्पन्न गरिएको आफ्टर एक्सेस सर्वेक्षणले हालसम्म उपलब्ध हुन नसकेको नेपालमा मोवाइल तथा  इन्टरनेटको पहुँच तथा प्रयोगसम्बन्धि तथ्याङ्क सार्वजनिक गरेको छ ।

अनुसन्धान प्रतिवेदन अनुसार नेपाल यसका धनी छिमेकी मुलुकहरुको तुलनामा मोवाइल तथा इन्टरनेट प्रयोगमा अग्रस्थानमा रहेको छ तर ई-कमर्श  को सुचाङ्कमा भने सो अवस्था नरहेको जनाएको ।

अध्ययनका अनुसार १५-६५ उमेर समूहका ७२ प्रतिशत नेपाली जनतासँग मोवाइल फोन रहेको पाइयो । यी मध्ये ६० प्रतिशत फोनहरु इन्टरनेट चल्ने थिए । यसका साथै ४६ प्रतिशत नेपालीहरु इन्टरनेटको वारेमा जानाकार रहेको पाईयो । यो प्रतिशत यस प्रतिवेदनमा समावेश गरिएका एसियाका मुलुकहरु भारत, पाकिस्तान, म्यानमार, वंगलादेश र कम्वोडियाको भन्दा उच्च रहेको छ ।

लर्नएसियाका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रिय आइसिटी नीतिका विशेषज्ञ हेलानी गलपायाले भने “नेपालमा इ-कमर्श विकासको ठुलो संभावना छ । यस क्षेत्रका सरोकारवालाहरु चेतना अभिवृद्धि तथा मोवाइल वित्तिय सेवा र इ-कमर्श वृद्धिका लागी सँगसँगै अघि बढ्नु पर्दछ ।”

केवल ३ प्रतिशत मोवाइल प्रयोगकर्ताहरुले कुनै वेला पैसा पठाउन र प्राप्त गर्न मोवाइल प्रयोग गरेको वताए । त्यस्तै केवल २५ प्रतिशत १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले विभिन्न मञ्चहरुमध्ये कम्तिमा एउटाको वारेमा जानकार रहेको कुरा वताए । यस समूहको मात्र ४५ ले तीनिहरु मध्ये कुनैको प्रयोग गरेको वताए । सो संख्या सर्वेक्षण गरिएका धेरै एसियाली देशहरुको मध्ये न्युन हो । इन्टरनेट प्रयोग नगर्नुको मूख्य कारण यस सम्बन्धि चेतनाको कमी रहेको सर्वेक्षणमा देखिएको छ ।
 
यी उपलब्धिहरु आफ्टर एक्सेसको एक अंशको रुपमा रहेका छन् जुन एउटा अन्तरराष्ट्रिय पुरस्कार प्राप्त कार्य हो । यसले ग्लोवल साउथमा मोवाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र अन्य अनलाईन मञ्चहरुको पहुँच तथा प्रयोग सम्बन्धि ठोस तथ्याङ्क संकलन गरेको छ ।

“मोबाईल फोन तथा ईन्टरनेटमा उपलब्ध सुचना तथा तथ्याङ्कले राष्ट्रिय जनसंख्याको प्रतिनिधित्व गर्दैन । यो सरकार र अन्य निर्णयकर्ताहरुलाई अप्राप्त तथ्याङक हुन्छ ।” मूख्य अनुसन्धानकर्ता तथा टोलीनेता गलपयाले वताउछन् । धरातलीय यथार्थ बुझ्ने एकमात्र उपाय भनेको मान्छे संग प्रत्यक्ष कुरा गर्नु हो । यो नै आफ्टर ऐक्सेसको मुख्य चरित्र हो।” उनले थपे।

आफ्टर ऐक्सेस सर्वेक्षणको नेपाल विशेष नतिजाहरु क्षेत्रिय आइसिटि थिङ्क ट्याङ्कका रुपमा परिचित लर्नएसिया ले काठमाण्डौमा बिहिबार सार्वजनिकरण  गरेको छ । उक्त सार्वजनिकिकरण कार्यक्रममा प्रतिवेदनको सारांश र नेपालको अवस्थाको सम्बन्धमा प्यानल छलफल भएको थियो । सो कार्यक्रम लर्न एसिया, इन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलिजि ले संयुक्त रुपमा आयोजना गरेको थियो ।

 कार्यक्रमका दुरसंचार प्राधिकरणका वरिष्ठ-निर्देशक आनन्दराज खनल, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुभास ढकाल, आइएसओसि नेपालका अध्यक्ष सन्तोष सिग्देल, नेपाल टेलिकमकी व्यव:थापक रिना डंगोल, भायानेट कम्युनिकेशनका प्रवन्ध संचालक विनय वोहरा, लर्नएसियाका प्रमुख कार्यकारी निर्देशक हेलानी गल्पया सहभागी थिए भने साउथ एसिया संयोजक तथा कार्यक्रम सन्चालक  उज्वल आचार्यले प्यानल छलफल मोडेट गरेका थिए ।
 
“यो प्रतिवेदनले हाम्रो क्ष्ऋत् क्षेत्रको विकासको लागि आवशयक मूख्य बिषयको वारेमा प्रकाश पार्दछ” सेन्टर फर ल एण्ड टेक्नोलोजी का कार्यकारी निर्देशक बाबुराम अर्यालले भने । “हामीले भविष्यका नीति निर्माण कर्ता तथा नियामक तथा औधोगिक नीतिनियमहरुका बारेमा सुचना दिन यो तथ्याङ्क प्रयोग गर्नुपर्छ ।”
 
नेपालमा सात प्रदेशका १ सय वडाहरुका २ हजार घरपरिवार तथा व्यक्तिहरु सम्म पुगेर यो सर्वेक्षण गरिएको थियो । नमुना संकलन विधि अपनाउदा १५-६५ उमेर समुहका देशभरीका मानिसहरुलाई लक्षित समूह मानि ९५ प्रतिशत गोपनीयता र  ३.३ प्रतिशत मात्र सिमान्त त्रुटी हुने सक्नेगरी नमूना संकलन गरिएको थियो ।

नेपालमा प्रयोग गरिएको विधि अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकाका अठारबाटै सर्वेक्षण कार्य सम्पन गरिएका देशहरु सँग तुलना योग्य छ । त्यसैले आफ्टर एक्सेस डाटावेस मोवाइल फोन र इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धि ग्लोबल साउथको उत्कृष्ट तथा पुर्ण डाटावेश हो । यस तथ्याङ्कमा ३८ हजार घरपरिवार तथा व्यक्तिहरुसँग प्रत्यक्ष अन्तरवार्ता गरि संकलित सूचनाहरु समाविष्ट छन् । यस तथ्याङ्कले विभिन्न लैङ्गिक, ग्रामिण वा शहरी वसाई र उमेर ज:ता पक्षहरुलाई समेटेको छ ।
 
उक्त अनुसन्धान आइडिआरसी क्यानडा, संयुक्त राज्यको डिएफआईडि , फोर्ड फाउनडेशन तथा :वीडिस इन्टरनेशन डेभलपमन्ट कर्पोरेशन एजेन्सी को आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ