arrow

प्रवासमा बसेर काँग्रेसको महासमिति भेलालाई नियाल्दा

logo
सीता अर्याल,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
44837565_480167005825586_14069269184643072_n.jpg

सार्इप्रस । नेपाली काँग्रेसको एक हाँगाको रुपमा रहेको विभिन्न देशमा काम तथा अध्ययनको शिलशीलामा गएका नेपालीहरुको संगठित रुप जनसम्पर्क समिति अहिलेसम्म विश्वका ३ दर्जन भन्दा बढी देशहरुमा गठन भईसकेको छ । त्यस्तै, यस्ता सम्पर्क समितिहरु अरुपनि कतिपय देशमा गठन हुने तयारीमा रहेको नेपाली काँग्रेस केन्द्रीय कार्यालय र सम्बन्धित देशका काँग्रेसका शुभचिन्तकहरुले जनाएका छन् ।

जनसम्पर्क समिति भनेको कुनै एउटा स्वतन्त्र संस्था नभएर काँग्रेसको चारतारे झण्डाको छायाँमा रहेर विविध कारणले विदेशमा रहेका नेपालीहरुको समस्या र दुखलाई निवारण गर्नु नै यसको उद्देश्य हो । यसरी अहिलेसम्म काँग्रेसको चारतारे झण्डाभित्र हजारौं नेपालीहरुले विश्वका कुनाकुनासम्म पुगेर विपीको प्रजातान्त्रिक समाजवादको मुद्दाको प्रचार प्रसार गरिरहेका छन् । तिनै नेपालीहरुको संगठित संस्था नै जनसम्पर्क समितिको नामले चिनिन्छ । 

जनसम्पर्क समितिको व्यवस्था नेपाली काँग्रेसको विधानमा समेट्ने विषयमा पनि धेरै बहस भएकै हो । यसरी बहसकाबीच पनि विधानमा नै यस्तो व्यवस्था राखिनु प्रवासी नेपालीहरुको लागि ठूलो उपलब्धी हो । विधानमा यस्तो व्यवस्था भएसँगै काँग्रेसको नजरमा यो जनसम्पर्क समिति एउटा निर्वाचन क्षेत्रको हैसियतमा पुगेको छ । यतिको अधिकार दिईँदा दिईँदै पनि यो विधानमा प्रवासी नेपालीहरुको विषयमा केही व्यवस्था थप्नुपर्ने र केही लेखिएका कुराको कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेकोछ । 

विधानले जनसम्पर्क समितिलाई एउटा निर्वाचन क्षेत्र सरह मानेपनि क्षेत्रीय सभापति स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था जस्तै जनसम्पर्क समिति सभापति स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था राखिएको छैन । यसले प्रवासी काँग्रेसीहरुले केही असमानता महसुस गर्न सक्ने अवस्था रहेको छ । त्यसैले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता देखिन्छ । 

अर्को तर्फ सबै देशमा नेपालीहरुको उपस्थित एकैनासको छैन । त्यसकारण ५०० क्रियाशील सदस्य बनाउने देशका जनसम्पर्क समितिले मात्र प्रतिनिधि पठाउन पाउने व्यवस्थामा हेरफेर गरी कम्तिमा १०० जना क्रियाशील सदस्य भएको देशले पनि काँग्रेसको महाधिवेसनमा संख्याको आधारमा प्रतिनिधि पठाउन पाउने व्यवस्था गरिनु पनि  आवश्यक देखिन्छ । पार्टीले मताधिकारका साथै केन्द्रीय समितिमा उम्मेदवार बन्न पाउने व्यवस्था पनि विधानमा समावेश गर्नसके प्रवासीहरुको आत्मसम्मान बढ्ने देखिन्छ। प्रवासमा रहेका नेपालीले मताधिकार गर्न पाउनुपर्छ भन्ने निर्णय सर्वोच्च अदालतले फैसला गरिसकेको र प्रवासमा एनआरएन बलियो हुँदै जाँदा विदेशमा रहेका लाखौं मतदातालाई एकत्रित गर्न विश्व सञ्जाल, युरोप सञ्जाल लगाएत सबै महादेशीय सञ्जालको पनि व्यवस्था गर्न पनि पार्टीले ढिला गर्नु हुँदैन । 

नेपाली काँग्रेसमा रहेको गुट उपगुटले विदेशमा रहेका जनसम्पर्क समितिहरुलाई समेत अछुतो राखेको छैन त्यसतर्फ पनि पार्टीको ध्यान समयमा नै जान आवश्यक छ । फरक फरक दल त एकता गरेर एक भएको परिप्रेक्षमा हामी एउटै दलको साथीहरूमा प्रतिपक्षको जस्तो व्यवहार देखिनु पार्टीको लागि पक्कै पनि हितकर नहुने हुँदा सबै संयमित र सचेत भएर काम गर्ने र पार्टी भित्र रहेको वैमनष्यतालाई पन्छाउँदै काँग्रेसमा नीति कार्यक्रममा रुपान्तरण गर्ने काममा पनि ढिलाइ गर्नु हुँदैन । वीपी कोइरालाले अनुसरण गर्नुभएको समाजवाद तर्फ काँग्रेसलाई लैजानु आजको आवस्यकता रहेको छ । 

पार्टीले मंसिर ५ देखि ९ गतेसम्म महासमिति भेलाको लागि मिति तय गरिए पनि पार्टीका नेताहरुको विदेश भ्रमणले कतै माहासमिति भेला त प्रभाबित हुने त होईन भन्ने आशंका पैदा भएको छ । अब पनि यो र उ बाहानामा महासमिति भेलालाई धकेल्ने काम भयो भने पार्टीको छविमा नै प्रश्नचिह्न नउब्झेला भन्न सकिन्न त्यसैले सबै नेतागणहरुले महासमितिको भेला मार्फत विधान संशोधन गरेर पार्टीलाई विधिसंवत तरिकाले अघि बढाउन ढिला गर्न नहुने देखिन्छ । महासमिति भेला हुने वा नहुने अन्योलताले विदेशबाट महासमिति भेलामा आउने महासमिति सदस्यहरुमा झन अन्योलता छाएको परिपेक्षमा जसरी पनि तोकेकै समयमा महासमिति भेला राख्न पनि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।

हामी १४ औं महाधिवेसनको पूर्वसन्ध्यामा छौं । यस अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण महाधिवेसन प्रतिनिधिहरुले गुटलाई प्रश्रय दिनेलाई भन्दा पार्टीलाई बलियो र विधिसम्मत तरिकाले सही दिशा निर्देश गर्न सक्ने नेतृत्व छान्न र देश तथा विदेशमा रहेका पार्टीका सबै निकाएहरुलाई संस्थागत गर्नको लागि विश्वभर रहेका जनसम्पर्क समितिबाट गहन भूमिका खेल्न आवश्यक देखिन्छ  । 

लेखक अर्याल नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं नेपाली जनसम्पर्क समिति सार्इप्रसकी अध्यक्ष छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ