arrow

उच्च अदालत भन्छ – ‘क्रसर उद्योग नरोक्नू’

logo
हाम्रा कुरा
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
high-court-patan.jpeg

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको नाटेश्वरी रोडा–ढुंगा उद्योग सञ्चालनमा रोक नलगाउन आदेश जारी भएको छ । उच्च अदालत पाटनले उक्त आदेश जारी गरेको हो । 

भूकम्प पीडितलाई राहत उपलब्ध गराउन नसकेको भन्दै उच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका मुहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म रोडा–ढुंगा उद्योग सञ्चालन नरोक्न आदेश दिएको हो ।

भूकम्प पीडितलाई राहत पुर्याउने उद्देश्यले क्रसर उद्योग सञ्चालन भएको भन्दै तत्काल रोक्दा भूकम्पपीडितलाई समेत नकारात्मक असर पर्ने देखिएकाले तत्काल सञ्चालनमा रोक नलगाउन आदेश जारी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ