arrow

यो हो गुड्ने शौचालय, यस्तो छ स्वरुप

logo
हाम्रा कुरा
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
traveler-toilate.jpg.jpeg

एजेन्सी । तपाईंले अहिलेसम्म कस्तो–कस्तो ट्वाईलेट देख्नुभएको छ ? तर, पक्कै पनि यस्तो ट्वाईलेट भने सायदै देख्नुभएको होला, जुन गुड्न पनि सक्छ ।

३३ वर्षीय कोलिन फुर्ज नामक व्यक्तिले एक यस्तै ट्वाईलेट तयार गरेका छन् । कोलिनले ४ साताको कठोर मिहिनेतपछि यस्तो ट्वाईलेट निर्माण गरेका अन्र्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका हुन् । देख्नमा यो ट्वाईलेट अन्य साधारण ट्वाईलेट जस्तै देखिन्छ । तर, जब यो गुड्न थाल्छ, तब यसको विशेषता पत्ता लाग्छ ।

पेट्रोलबाट चल्ने यो ट्वाईलेटमा १ सय ४० सीसीको इन्जिन लगाइएको छ । यो ट्वाईलेट ५५ मिटर प्रति घण्टाको गतिमा गुड्न सक्ने जनाइएको छ । यद्यपी गुड्नेवाला यो विश्वको पहिलो ट्वाईलेट भने होइन । यसअघि ईटालीका एक व्यक्तिले पनि ४२ दशमलव २५ मिटर प्रति घण्टाको गतिमा गुड्न सक्ने ट्वाईलेट तयार गरेका थिए। अहिलेको नविनतम ट्वाईलेटलाई भने विश्वकै तीब्र गतिमा गुड्ने सक्ने ट्वाईलेट भएको दाबी गरिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ