arrow

मसाला बेचेर डाटा खरीद गर्ने ठग करोडपतिको कथा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
cyber-crime.jpeg

नयाँ दिल्ली । कसैको विरुद्ध यदि उजुरी दर्ता हुन्छ भने प्रहरी भेरिफिकेशनको कारण उसको पासपोर्ट बन्न या उसको नवीकरण गर्न मुस्किल पर्दछ । तर, भारतको परराष्ट्र मन्त्रालय यो मामलामा यति कमजोर देखियो कि अदालतले अपराधी ठहर गरेका एक व्यक्ति १६ वर्षसम्म पनि नियमित विदेश जाँदा र आउँदा समेत उसले ती अपराधीलाई पत्ता लगाउन सकेन । 

करोडपति मनोज कुमार अदालतद्वारा १६ वर्षको जेल सजाय पाएको समय समाप्त हुनै लागिसकेको थियो । उनी अदालतको त्यो फैसला पछि पनि निरन्तर विदेश भ्रमणमा जाने आउने गर्दा अध्यागमनका जाँच एजेन्सीलाई उनको सजाय घोषणाको बारेमा जानकारी समेत थिएन । तिनै मनोज केही दिन अघि भारतको मुम्बईबाट मुम्बई क्राइम ब्रान्चको प्रोपर्टी सेलद्वारा पक्राउ परे । उनी यस्ता ठग हुन् कि जसले अमेरिकाको डेबिट तथा क्रेडिट कार्डको डिटेल निकाललेर भारतमा ४० करोड भन्दा बढीको ठगी गरिसकेका थिए । 

सीनियर इन्स्पेक्टर सुनील बजारे तथा इन्स्पेक्टर लक्ष्मीकान्त सालुंखेको जाँचको क्रममा यो पत्ता लाग्यो कि मनोज मूल रूपमा चेन्नईका स्थायी निवासी हुन् । पछि उनी बैंङलोरमा शिफ्ट भएका थिए । उनका मूल कारोबार मसाले बिजनस हो । तर, उनको त्यो मूल व्यावसाय पछि अतिरिक्त व्यवसायमा सीमित भयो भने उनको मूल बन्यो ठगी व्यवसाय । डाटा चोरी उनले आफ्नो मूल धन्दा बनाएका थिए । यसको लागि उनी नियमित विदेश जाने आउने गरिरहन्थे । उनको मलेसियाको नागरिकसँग चिनजान भएको थियो । उनी मलेसियाली कम्पनीको डाटा ह्याक गरी मनोजलाई दिने गर्दथे । मनोज आफ्नो समूह परिचालन गरी त्यो डाटा सेयर गर्दथे । 

अमेरिकीको सबैभन्दा सस्तो डाटा 
क्राइम ब्रान्चका एक अधिकारीका अनुसार, विदेशमा सबैभन्दा सस्तो डाटा अमेरिकीहरुको विक्री हुन्थ्यो । सबैभन्दा महंगो डाटा चीनको । मनोज कुमार आफ्नो मलेसियाली साथीसँग प्रति अमेरिकी डाटा १५ अमेरिकी डलरको खरमा किन्दथे । क्राइम ब्रान्चका अधिकारी भन्दछन् कि यो एक जुवा जस्तै हो । यसमा कुनै डाटाबाट कार्ड क्लोन गरी ५० हजार रुपैयाँ पनि कमाउन सकिन्थ्यो भने कुनैबाट ५ लाखसम्म पनि कमाई हुन्थ्यो । 

नाम बताएनन् साथीको 
पक्राउ पछि मनोज कुमारले आफ्नो ठग मलेशियाली साथीको नाम बताउन चाहेनन्। उनले मात्रै यत्ति मात्रै बताएकी उनी ती साथीको अनुहार देखेमा भने पहिचान हुन्छ । उनले आफ्नो अवैध कारोबारबाट ब्याङ्गलोर, चेन्नइमा कैयौं घर, बगाला बनाइदिए । महंगो कार खरिद गरिदिए । उनलार्इ २००३ मा नै सोही पुलिस फोर्सले ठगी मुद्दामा गिरफ्तार गरेको थियो । त्यसपछिको दौरानमा पनि यस्तै मुद्दाहरु आए । यही विषयमा सोही समय अदालतमा मुद्दा परी अदालतले उनलाई १६ वर्षको जेल सजाय सुनाएको थियो । उनी त्यतिबेला जेल पनि गए । पछि उनी सेसन कोर्टमा धरौटी रकम बुझाएर जेल मुक्त भए । 

त्यसपछि उनी व्याङ्लोर र चेन्नई प्रहरीको साईबर सेलबाट २०१४ मा पनि कैयौं पटक पक्राउ परिसकेका छन् । तर, उनी विरुद्धको पहिलाको मुद्दा देशको कुनैपनि प्रहरीले खोजी नै गरेन । यसैको कारण उनी ढुक्कसँग वारम्बार विदेश भ्रमणमा जाने गरेका थिए । 

एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ