- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चलचित्र अभिनेत्री मनिषा कोइरालाले मानिस मर्ने तर किताब नमर्ने भन्दै किताब लेख्न प्रेरणा दिएकी छिन्। राजधानीमा भएको सुशील कोइराला मेमोरियल फाउन्डेशनले आयोजना गरेको ‘म र साहित्य’ विषयक कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा मनिषाले भनिन् – हामी म तपाईँहरु सबैजना मरेर जान्छौं तर एउटा पुस्तक इतिहास किताब सधैभरि रहने छ।’
मनिषाले ८ कक्षामा पढ्दादेखि साहित्यमा होमिएको बताएकी छिन्। उनको भनाइ भिडियोमा –
उनको पुस्तक ‘हिल्ड’ सार्वजनिक हुँदैछ । उनले आफूलाई लागेको क्यान्सर र त्यसको उपचारका लागि गरेको संघर्ष पुस्तकमा लेखेकी छिन्।
मनिषाको ‘हिल्ड’ मनिषा र निलम कुमारले सहायक लेखन गरेका छन् । मनिषाले क्यान्सरले आफूलाई कसरी नयाँ जीवन दियो भन्ने बारे खुलेर लेखेकी छिन्।
यो उनको बायोग्राफी पनि हो।