arrow

रुकुमको ठूलाकोटदेखि झारमारेसम्मको बाटोमा पदयात्राको सम्भावना

logo
अनुराग शाह,
प्रकाशित २०७५ मंसिर ५ बुधबार
anurag-shah1.jpg

नेपालको पश्चिमी क्षेत्रमा अवस्थित रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई बिकासको गतीमा अगाडि बढाउने हो भने त्यहाँ भएका भौतिक साधनको भरपुर उपयोग गर्न जरुरी रहेको छ। बाटो घाटोमा राम्रो ध्यान दिएर वातावरण सफा राख्न सके आठबिसकोट नगरपालिका पर्यटकको रोजाईको स्थान बन्न सक्छ। त्यस्का लागि हामीले अहिले तत्काल केही कार्य योजना बनाउन जरुरी देखिन्छ। साथै स्थानिय सरकारले पनि यो काँग्रेस बाहुल्य क्षेत्र हो यहाँ बिकास गर्नु हुँदैन र यो हाम्रो बाहुल्य भएको क्षेत्र हो यहाँ चाँही अन्य भन्दा बढी बिकास गर्नु पर्छ भन्ने मानसिकता हटाउन जरुरी देखिन्छ। समग्र आठबिसकोटलाई
बिकासको नमुना नगरपालिका बनाउने हो भने सरकार र प्रतिपक्षको सहकार्य हुन जरुरी देखिन्छ।

पछिल्लो समयमा आठबिसकोट नगरपालिकाले आठबिसकोट नगरपालिकाको दश नम्बर वडामा पर्ने ठूलाकोटमा एयरपोर्ट बनाउने लक्ष्य लिएको छ। नगरपालिकाको त्यो लक्ष्य झ्वाट्ट हेर्दा त राम्रै हो तर एयरपोर्ट मात्रै बनाएर एयरपोर्टमा जहाज बस्ने वातावरणतिर पनि हामीले ध्यान दिन जरुरी रहेको छ। यदी त्यता तिर ध्यान नदिए नाम मात्रैको एयरपोर्टले बिकास निर्माणमा खासै कुनै प्रभाव पार्दैन। यि सबै कुराको समाधान गर्न र आठबिसकोटलाई आर्थिक सामाजिक र शैक्षिक हिसाबले अगाडि बढाउने हो भने ठूलाकोटबाट झारमारेसम्मको दुरीलाई पद यात्रामा रुपान्तरण गर्न जरुरी देखिन्छ। समयको परिवर्तनसँगै मान्छेमा पनि खाली ठाउँ र शान्त वातावरण मन पर्न थालेको छ। यदी वातावरण निर्माण गर्न सके हामीले जिल्लामा हैन देशमै नमुना नगरपालिका बनाउन सक्छौ आठबिसकोटलाई। जंगललाई र खाली रहेको ठाउँलाई सदुपयोग गरेर हामीले साच्चिकै यो पदमार्ग निर्माण गर्न सके आठविसकोटबासीको बेरोजगारी समस्या केही भएपनि हल गर्न सकिन्छ।

पद यात्राबाट यसरी फाईदा लिन सकिन्छ

ठूलाकोटदेखी झारमारेसम्मको पद यात्राको दुरी आउँदा जादा गरेर सात दिनको हुन्छ। त्यो अबधिमा पर्यटकले बिभिन्न कुरामा पैसा खर्च गर्छन्। त्यो खर्च हुने पैसा आठबिसकोट नगरबासिले नै कमाउँछ। साथै मान्छेले पद यात्रा भयो भने ब्यापारीक गतिबिधी पनि बढाउँछन र त्यस्ले हाम्रो नगरलाई ब्यापारीक रुपमा अगाडि बढाउन ठूलो मद्दत  गर्छ। त्यसपछी ठूलाकोटमा एयरपोर्टको राम्रो बिकास हुन्छ। दिनहुँ जहाज पनि आउछन र एयरपोर्ट सुनसानको अवस्था बाट जोगिन्छ। यदी यो पद यात्राको राम्रो बिकास र सेवा
सुबिधा पनि बढाउन सक्यौ र पर्यटक राम्रो संख्यामा भित्र्याउन सक्यौं भने हामीले हाम्रो नगरलाई पर्यटकिय हिसाबले देशभरि चिनाउन पनि सक्छौ।

मैले परिकल्पना गरेको ठूलाकोटदेखी झारमारे पद यात्रा    
एउटा पर्यटकको समुह काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ओर्लिएर पुन सोही बिमानस्थलबाट केही मिनेटको यात्रा पश्चात नेपाजगन्जमा ओर्लिन्छन। त्यसपछि त्यो समुहले नेपालगन्जबाट कोहलपुर,छिन्चु,सल्लिबजार, जाजरकोट खलंगा, रिम्ना हुँदै रुकुमको आठबिसकोट नगरपालिकासम्म यात्रा गर्छन्।  त्यो दिन त्यो समुहले सोही नगरपालिकाको वडा नम्बर ९ स्थित राडी बजारमा बास बस्छ। जस्ले
गर्दा राडी बजारका होटलले केहि रुपैयाँ भएपनि कमाउने अवसर प्राप्त गर्छन। त्यसपछी भोलिपल्ट बिहानै अटो चढेर त्यो समुह आफ्नो पदयात्राको द्वार ठूलाकोट केही घण्टामा पुग्छन। त्यसपछि ठूलाकोटमा बिहानको खाना खाएर करिव ११ बजे त्यहाँबाट त्यो समुह झारमारेसम्मको पदयात्राका लागि निस्कन्छ। हामीले पाथीहाल्नमा पर्यटककै लागि भनेर आठबिसकोटको पहिचान झल्काउने समाग्री राख्नु पर्छ सँगै खाजा नास्ता र चिया कफीका लागि कफी सपको ब्यबस्था गर्नु पर्छ। त्यसपछी पर्यटकको त्यो समुह कारीब एक बजे पाथीहाल्नमा पुगेर खाजा नास्ता खान्छन। ती पर्यटकले त्यहाँ करिब एक घण्टा बिताएपछी उनिहरु त्यहाबाट पुन पदयात्रामा निस्कन्छन। बेलुका पाँच बजेतिर त्यो समुह रातामाटा हुँदै मबेरामा पुग्छन्। मबेरामा त्यो साँझ उतै बास बसेर बिहानै मबेराबाट तल देखिने परम्परागत शैलीमा बनेका गाउँको अबलोकन गरेर पुन ती पर्यटकहरु झारमारेलाई गन्तब्य स्थान बनाएर यात्रामा निस्कान्छन। करिब पाँच घण्टाको लामो यात्रा पछि थामामा पुगेर बिहानको खाना खाएर केही घण्टा रेस्ट गरेर त्यहाँबाट एक बजे आफ्नो गन्तब्यलाई दिमागमा राखेर बाटोमा पाइने बिभिन्न बोट बिरुवाको अवलोकन गर्दै बेलुका छ वजे जन्तिधारामा पुग्छन। त्यो साझ ति पर्यटकको समुहले बेलुका आठबिसकोटलाई चिनाउने साँस्कृतिक नाच हेरेर भोलिपल्ट बिहान ७ बजे कफी स्वाद लिएर त्यहाँबाट बिदाबारी हुन्छ पर्यटकको त्यो समुह र निस्कन्छन झारमारेको यात्रामा। जन्तीधाराबाट करिब ४ घण्टाको यात्रा पश्चात पुग्छन आफ्नो गन्तब्यको अन्तिम स्थान झारमारे। यसरी तीन दिन जान र तीन दिन आउन लाग्ने दुरी बनाएर झारमारेलाई पदयात्रामा रुपान्तरण गर्नुपर्छ। अनि बन्छ समृद्द आठबिसकोट। तसर्थ आठबिसकोटलाई बिकासको गतिमा माथि उठाउने हो भने खाली जमिन र घना
जंगलको फाईदा लिन जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ