arrow

टेलिकम धरासायी बनाउने खेल रोक्न कर्मचारीहरुले गरे मन्त्री बास्कोटालाई आग्रह (पत्रसहित)

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
nepal_telecom.jpg.jpeg

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरुले नेपाल टेलिकमको वर्तमान अवस्थाप्रति चिन्ता एवं सरोकार राख्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई  ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपालको आर्थिक, सामाजिक समृद्धिका लागि सबैखाले अप्ठ्यारा, विकटता र कठीन परिस्थितिमा पनि कम्पनीलाई सधैं उन्नतितर्फ अगाडि बढाउँदै आइरहेका सम्पूर्ण कर्मचारीहरु तथा त्यसको प्रतिनिधिमूलक संस्था ट्रेड युनियन, नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्लुयु) ले नेपाली नागरिकको नासोको रुपमा रहेको नेपाल टेलिकमको वर्तमान अवस्थाप्रति चिन्ता एवं सरोकार राख्दै नेपाल सरकार, कम्पनी सञ्चालक समिति एवं कम्पनी व्यवस्थापनको गम्भीर ध्यानाकर्षण गराउँदछौं भनेको छ ।

उक्त पत्रमा अगाडि भनिएको छ, ‘कम्पनीले वर्तमान प्रतिस्पर्धात्मक वातावरणमा जसरी उपयुक्त योजना छनौट र कार्यान्वयन, कार्यरत जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्दै जानुपर्ने तथा व्यावसायिक कौशलता प्रदर्शन गर्नुपर्ने हो, त्यसमा जिम्मेवार नेतृत्वको लापरवाही एवं स्वेच्छाचारिताले कम्पनी इतिहासकै कठीन मोडमा उभिएको छ ।’

कर्मचारीहरुले ‘कम्पनीमा देखिएका विभिन्न विषयहरुमा यथाशिघ्र ठोस निर्णय लिई कम्पनीको रक्षा गर्न जोडदार माग गर्दछौं’, भनेका छन् ।

उनीहरुले उठाएका विषयहरुमा कम्पनीको नेतृत्व, कम्पनीको महत्वपूर्ण आयोजना, कर्मचारी विनियमावली एवं वृत्ति विकास, कम्पनीको स्वायत्तता, श्रम ऐन एवं सामाजिक सुरक्षा ऐन कार्यान्वयन, कम्पनीको वर्तमान अवस्था र आर्थिक सुचकांकका संकेत रहेका छन् ।

पत्रमा नेपाल टेलिकमको सञ्चालक समिति, टेलिकमका प्रवन्ध निर्देशक, श्रम कार्यालय, नेपाल ट्रेड युनियन काँगे्रस, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ र नेपाल दूरसञ्चार कर्मचारी संघलाई वोधार्थ पठाइएको छ ।

कर्मचारीहरुले विगत ८–९ महिनादेखि कम्पनीमा अस्थिरताको वातावरण श्रृजना गरी लामो समयदेखि कम्पनीलाई प्रमुखविहीन बनाइराख्नु कम्पनीको हितमा देखिँदैन भन्दै  यस्ता गतिविधिहरु सुनियोजित रुपमा कम्पनीलाई धराशायी बनाउने प्रपञ्च हो भन्ने बुझ्न सकिन्छ भनी ठहर गरेका छन् ।

उनीहरुले तत्काल स्थापित प्रवन्ध निर्देशक नियुक्तिको कार्यविधि २०७२ अनुसार कम्पनीको प्रवन्ध निर्देशक नियुक्त गर्न जोडदार मागसमेत गरेका छन् ।

कर्मचारीहरुले मन्त्री बास्कोटालाई लेखेको पत्र यस्तो छ –

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ