कर्मचारी समायोजन अध्यादेशप्रति सरकारलाई प्रमुख प्रतिपक्षको जवाफ
‘संसद् छलेर अध्यादेश ल्याउन खोज्नु गलत’
प्रकाशित २०७५ मंसिर १९ बुधबार
555
Shares
काठमाडौं । सरकारले संसद् छलेर अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस रुष्ट भएको छ । काँग्रेसले संसद् छलेर सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउन खोज्नु गलत भएको बताएको छ ।
सरकारले गम्भीर गल्ती गरेको भन्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा छलफल गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए ।
उनले संसदको प्रतिक्षा नगरी अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउनु गलत भएको बताए ।
सोमबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो । मंगलबार सरकारले प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ ।
राष्ट्रपतिले अध्यादेशमा लालमोहर लगाएपछि कर्मचारी समायोजन सुरु हुनेछ। ६० दिनभित्र संसदबाट पारित नभए यो अध्यादेश स्वतः निष्क्रिय हुनेछ।
नियमित प्रक्रियाबाट विधेयक ल्याउनु उपयुक्त हुने भन्दै विज्ञहरुले समेत असन्तुष्टि पोखेका छन् ।