स्मार्ट क्याम्पसको सञ्चालनका लागि धार्मिक महोत्सवमा सहयोगको ओइरो
रमेश विश्वकर्मा
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
542
Shares
गुल्मी । बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिक रुपमा आर्थिक सहयोग जुट्दै गइरहेको छ । महोत्सवको छैटौं दिन अर्थात बिहीबाररसम्म नगद चन्दाबोल, धान सुन, जग्गा लगायतबाट गरि कुल १ करोड ५५ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ बराबरको आर्थिक सहयोग जुटेको निसिभूजि जनता क्याम्पस ढोरपाटन नगरपालिका १ बर्तिबाङ्ग बाग्लुङ्गका क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले जानकारी दिए ।
पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई सुविधा सम्पन्न स्मार्ट क्याम्पसको सञ्चालनार्थको लागि शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिएको हो ।
गत मंसिर १५ देखि शुरु भएको महोत्सव २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले जानकारी दिए ।