धनगढी । शनिवार सम्पन्न कैलाली जिल्ला अदालत वार एशोसिएसनको निर्वाचनबाट अध्यक्षमा शिव बहादुर केसी निर्वाचित भएका छन् । निर्वाचनमा केसीले ४३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी गम्भीरसिंह ऐरले ३६ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षमा भरत बहादुर सिंह ४१ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी सिद्धराज ओझाले ३९ मत प्राप्त गरेका थिए । सचिवमा सुवास चन्द्र उपाध्याय ५२ मतका साथ निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी रमेशलाल विष्ट क्षेत्रीले २७ मत प्राप्त गरेका थिए । सह–सचिवमा रेणु प्रधान श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् ।
यसैगरी, कोषाध्यक्षमा लोकबहादुर चौधरी ५० मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिद्धन्दी उद्धब बहादुर क्षेत्रीले ३० मत प्राप्त गरेका थिए । सदस्यमा जानकी तुलाधरको ४४ मत, किशोर कुमार चौधरीको ६५ मत, ओमप्रकाश जोशीको ४७ मत, नाथुराम महतोको ५९ मत, पारस बस्नेतको ५९ मत, मीन बहादुर बोगटीको ५२ मत, नैन बहादुर बडायकको ४८ मत र शिवचरण चौधरीले ५० मत प्राप्त गरि विजयी भएका छन् ।
निर्वाचनबाट पार्सदमा इन्द्र प्रसाद लेखक, देवराज भट्ट, तुलाराम गिरी चयन भएका निर्वाचन समिति संयोजक जोहारीलाल चौधरीले जानकारी दिए । एक जना सदस्य बाहेक सबै डेमोक्याट निकट अधिवक्ताहरु निर्वाचित भएका हुन ।