arrow

कञ्चनपुरका बसमा निर्मलाको न्यायको पोस्टर

देहरादुनसम्म संचालन भएको बसमा समेत पोस्टर टाँसियो

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर २३ आइतबार
nirmala-poster.jpg

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ बर्षिय निर्मला पन्तको न्याय माग गर्दै ‘सरकार भेटियो, न्याय भेटिए’ भन्ने पोस्टर  कञ्चनपुका बसमा टाँसिएका छन् । नागरिक संघर्ष समितिको अगुवाईमा महिला अधिकारकर्मी एव निर्मला पन्तको हत्यामा पक्राउ परेका व्यक्तिका आफन्तले महेन्द्रनगरका सार्वजनिक बसमा टाँसेका हुन् ।

 महेन्द्रनगरदेखि विभिन्न गन्तव्यका लागि छुट्ने बसमा उनीहरुले निर्मलाका पोस्टर टाँसेका थिए । कञ्चनपुरकी अधिकारकर्मी एव नागरिक संघर्ष समितिकी सदस्य शारदा चन्दले बताईन् । उनले बसपार्कमा पार्किङ्ग गरिएका बसमा पोष्टर लगाएक बताए । महेन्द्रनगरदेखि देहरादुनसम्म संचालन भएको बसमा समेत उनीहरुले पोस्टर लगाईदिएका थिए ।

हामीहरु पनि निर्मलाको न्यायमा छौँ, तर यस्तो विधिबाट न्याय पाईदैन भन्ने उनीहरुको भनाई थियो । निर्मलाको हत्या आरोपमा ४ भदौँमा सार्वजनिक गरिएका दिलिप बिष्टका दाजु खडक विष्ट, गत सातामात्रै पक्राउ परेका युवक विशाल चौधरीकी आमा सलमती लगायत विशालका छिमेकी परमिला चौधरी लगायतका केही पक्राउ परेका व्यक्तिका घरपरिवार एव आफन्त सहभागी भएका थिए ।

नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले पुर्व घोषित कार्यक्रम अनुसार बसमा पोस्टर लगाएको बताए । उनका अनुसार न्याय नपाईन्जेलसम्म आन्दोलन जारी राखिने छ । निर्मला हत्याकाण्डमा गत मंगलबार काठमाण्ठौँमा पक्राउ परेका सन्दिप रावल र कञ्चनपुरबाट महेन्द्रनगर झिकाईएका विशाल चौधरीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ