arrow

टिप्परले चालक समेत छाडेन : हाम्फालेर भाग्न खोज्दा ठोक्किएर मृत्यु

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
Tripper.jpeg

गोरखा । सिरानचोक गाउँपालिका–२ थालाजुङमा सोमबार टिप्पर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

 सामान अनलोड गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा ना१क ६४७७ नंका टिप्पर चालक हेटौंडा उपमहानगरपालिका–१२ नेवार बस्ती घर भएका ३२ वर्षीय चालक वीरबहादुर स्याङत्याङको घटनास्थलमा नै मुत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार टिप्पर अनियन्त्रित भएपछि झ्यालबाट हाम्फालेर भाग्न खोज्दा सोही गाडीमा ठोक्किएर स्याङत्याङको मुत्यु भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ