arrow

२ किलो नक्कली सुन ६६ लाखमा विक्रिको तयारी, २ पक्राउ

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
gold-pakrau.JPG

काठमाडौं । २ किलो नक्कली सुनसहित  महानगरीय प्रहरी परिसर काठमाण्डौको विशेष टोलिले दुई जनालाई पक्राउ गरेको छ ।

वौद्द स्तुपा स्थित केहि ब्यक्तिहरुले नक्‍कली सुनलाई सक्‍कली सुन भनी  ६६ लाख रुपैयाँमा बेच बिखन गर्ने उदेश्यले ओसार पसरा गरिरहेको सुचनाका आधारमा प्रहरीले सिन्धुपाल्चोक वलेफि घर भई हाल चावहिल वस्ने वर्ष २३को लाल वहादुर लामा र सिन्धुपाल्चोक मेलम्चि घर भई काल चावहिल वस्ने वर्ष २२ को राजिव तामाङ्गलाई पक्राउ गरेको हो ।  

निम्न व्यक्तिलाई खान तलास गर्दा प्रहरीले  १ -१ किलोको विस्कुट आकारको थान २ सुन जस्तो देखिने नक्‍कली सुन सहित नियन्त्रणमा लिएको छ ।  उनिहरुमाथि थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ  ।

 लाल वहादुर लामा यस भन्दा पहिला पनि नक्कलि सुनलाई सक्कलि भनि वेच विखन गरेको समयमा पक्राउ गरि कारवाही गरिएकोमा जिल्ला प्रशासन कार्यालयवाट धरौटीमा छुटेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ