arrow

त्यो भूमि जहाँबाट प्रचण्डलाई भूमिगतबाट खुल्ला राजनीतिमा ल्याएका थिए सिटौलाले 

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
prachanda-sitaula-shanti-stambha.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष र नेपाली काँग्रेसका पूर्व महामन्त्री कृृष्णप्रसाद सिटौला एक पटक फेरि कास्कीको सिक्लेसमा पुगेका छन् । सिक्लेस त्यो स्थान हो जहाँबाट सशक्त द्धन्द्धमा रहेको तत्कालीन माओवादीका प्रमुख प्रचण्डसंग तत्कालीन गृहमन्त्री सिटौलाले वार्ताको थालनी गरेका थिए । र, त्यहीँबाट प्रचण्डलाई उठाएर काठमाडौं ल्याएका थिए । 

चरम उत्कर्षमा रहेको माओवादीको हिंसात्मक रुपले मुलुकलाई तहसनहस पारिरहेका बेलामा सिटौलाले ज्यानको प्रवाह नगरी सिटौला प्रचण्डलाई भेट्न पुगेका थिए । जबकी माओवादीले सरकारका कुनै पनि प्रतिनिधिसंग भेट्न मानिरहेको थिएन । 

त्यसैगरी माओवादीले त्यो समयमा सरकारी प्रतिनिधि एवं ठूला नेताहरुलाई जहाँ पायो त्यहीं एम्बुसमा पार्ने क्रम चलिरहेको थियो । तर एक ठूलो मिसन लिएर सिटौलाले प्रचण्डलाई भेटेका थिए । त्यो भेट नै शान्ति प्रक्रियाको लागि महत्वपूर्ण टर्निङ प्वाइन्ट बन्यो । 

त्यही सिक्लेसमा सोमबार प्रचण्ड र सिटौलाले ‘शान्ति स्तम्भ’ को अनावरण गरे । सिक्लेसको उक्त स्थलमा प्रचण्डलाई भूमिगत अवस्थामा तत्कालीन गृहमन्त्री सिटौलाले भेटेर काठमाडौं लिएर गएका थिए । 

कडा सुरक्षाबीच प्रचण्ड एवं उनको पार्टीलाई खुल्ला राजनीतिमा लैजान गृहमन्त्री सिटौलाले ठूलै च्यालेन्ज मोलेका थिए । 

सिटौला माओवादी युद्ध अन्त्य गरी माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन सफल भएका हुन् । सिटौलाको अहम् प्रयासकै कारण २०६३ मंसिर ५ गते वृहत शान्ति सम्झौता भएको थियो ।

त्यसपछि नेपाली काँग्रेसको एकमात्र ध्यान माओवादीलाई समेटेर शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउनमै रह्यो । त्यसमा लाग्दालाग्दा काँग्रेसले जनमत नपाए पनि फरक नपर्ने तर मुलुक शान्त हुनुपर्ने भन्दै लाग्दा आफूलाई कमजोर समेत पारेको तीतो यथार्थ ०६४ सालको निर्वाचनको परिणामले नै देखाउँछ । 

त्यसउप्रान्त माओवादीबाट प्रचण्डले दुई पटक र डा बाबुराम भट्टराईले एक पटक सरकारको नेतृत्व गरिसकेका छन् । त्यसैगरी सरकारमा भने ०६३ देखि नै सहभागी हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ