ओली सरकार नालायक भयो, कांग्रेस नेतृत्वले सचेत गराउन सकेन
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
974
Shares
रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार आफ्नो कुटनैतिक मर्यादालाई बिर्सेर अनावश्यक विवादमा तानिएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले मंगलबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विवादस्पद संस्थाको कार्यक्रममा सरकारै आयोजक जस्तो गरि प्रस्तुत हुनु मुलुकका लागि लज्जास्पद भएको स्पष्ट पारे ।
सरकारले सुरक्षा र कुटनैतिक मर्यादा भित्र रहेर गर्नु पर्ने काम नगरि विवादास्पद एनजीओको पछि लाग्नु दुःखद भएको उनले बताए ।
मुलुक संचालनमा दुईतिहाईको धक्कु लगाउने सरकार पूर्ण रुपमा असफल भएको ल एन्ड अर्डर मेन्टेन गर्न चुकेको, विकास बजेट खर्च गराउन समेत नसकेको, संघियता कार्यान्वयनमा आवश्यक ऐनकानुन बनाउन नसकेकाले समग्रमा असफलता बाहेक केही नभएको, आफ्नै पार्टीभित्रसमेत सरकारको कामको आलोचना सुरु भएकाले अब सरकारले काम गर्नु पर्नेछ काम नगरेर अनावश्यक काममा हातहाले झन् विवादमा फस्ने उनले बताए ।
फरक प्रसंगमा बोल्दै उनले कांग्रेस नेतृत्वले पनि समय को माघ अनुरुप पाटि संचालन गर्न नसकेकाले कांग्रेस सुधारको लागि आफुहरुले आवाज उठाउँदै आएको बताए ।
समयसापेक्ष पार्टी बिधान परिवर्तनको लागि महासमिति बैठकबाट आवश्यक निर्णय लिन नै महासमिति बैठक बस्न लागेको बताए ।
उनले वर्तमान सरकार असफलता उन्मुख हुँदा समेत पार्टीको तर्फबाट आवश्यक प्रभावकारी भुमिका खेल्न नसक्ने पार्टी नेतृत्वबाट पार्टीै चल्न नसक्ने भयकाले पार्टी सुधारनु र बिधिबिधान अनुरुप संचालन गर्न आफुहरु प्रयासरत रहेको समेत नेता सिंहले बताए ।
कायक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र रामेछाप जिल्ला सभापति लव श्रि नेउपाने, काठमाडौ कांग्रेस सभापति सबुझ बानिया, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे लगायतले आफ्नु विचार राखेका थिए ।
जिल्लाकै ठूलो धनराशीको पुरस्कार भएको वीर गणेशमान सिह खुल्ला जिल्ला स्थरिय भलिबल खेलको उदघाटनको लागि उनीहरु सोमबार रामेछाप आएका हुन् । उद्घाटन मंगलबार हुँदैछ ।