समाचार संकलनकै क्रममा पत्रकार पक्राउ घटनाप्रति युनियनको आपत्ति
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
758
Shares
काठमाडौं । समाचार संकलनका क्रममा पत्रकार पक्राउ परेको घटनाप्रति नेपाल प्रेस युनियनले गम्भीर आपत्ति जनाएको छ । समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास बाहिर तस्विर खिचिरहेकी फोटो पत्रकार बर्षा शाहलाई हातपात गर्दै पक्राउ गरिएको घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
राष्ट्रपतिले १८ करोडको सवारी साधन चढ्न लागेको विरोधमा सर्वसाधारणले एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको तस्विर खिच्दै गर्दा प्रहरीले शाहलाई बिहीबार अपरान्ह हातपात गर्दै नियन्त्रणमा लिएको हो।
लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने सोचबाट सरकार अघी बढिरहँदा पत्रकार शाह पक्राउ परेकी भन्दै युनियनले तस्बिर खिचेकै कारण फोटो पत्रकार गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार रहेको ठहर गरेको छ ।
यस्तो छ विज्ञप्ति –
मितिः २०७५ मंसिर २८
प्रेस विज्ञप्ती
समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास बाहिर तस्विर खिचिरहेकी फोटो पत्रकार बर्षा शाहलाई हातपात गर्दै पक्राउ गरिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।
राष्ट्रपतिले १८ करोडको सवारी साधन चढ्न लागेको विरोधमा सर्वसाधारणले एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको तस्विर खिच्दै गर्दा प्रहरीले शाहलाई हातपात गर्दै नियन्त्रणमा लिएको हो।
लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने सोचबाट सरकार अघी बढिरहँदा पत्रकार शाह पक्राउ परेकी छिन्।
तस्बिर खिचेकै कारण फोटो पत्रकार गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार रहेको युनियनको ठहर छ।
शितल निवास बाहिर समाचार संकलनका क्रममा रहेकी फोटो पत्रकार शाहलाई पक्राउ गर्ने लगायतका प्रेस स्वतन्त्रता विरोधी सबै किसिमका क्रियाकलाप बन्द गर्न चेतावनी दिदै युनियन सरकारलाई स्वतन्त्र प्रेसको भावनाको सम्मान तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन खवरदारी गर्दछ।